Logo

म्यानकाइन्ड फार्मा : बसमा औषधि बेच्ने एमआरले बनाएको ४३ हजार करोडको कम्पनी, जसले कन्डमबारे सोच बदल्यो

म्यानकाइन्ड फार्मा : बसमा औषधि बेच्ने एमआरले बनाएको ४३ हजार करोडको कम्पनी, जसले कन्डमबारे सोच बदल्यो



काठमाडौं । हालै भारतीय फार्मा कम्पनी म्यानकाइन्ड फार्माको आईपीओ खुलेको छ र सर्वसाधारणले कम्पनीको आईपीओमा लगानी गर्ने अवसर पाएका छन् । हामीमध्ये धेरैले म्यानकाइन्ड फार्मालाई कन्डम कम्पनीको रूपमा चिन्छौं, तर यो होइन । यो ४३,००० करोडको कम्पनी फार्मा क्षेत्रको शीर्ष कम्पनीहरू मध्ये एक हो । यो कम्पनीको व्यापार जति ठूलो छ, त्यति नै रोचक यसको कथा छ । कुनै समय यूपी रोडवेजको बसमा धक्का खाँदै हिडने एमआर अर्थात् मेडिकल रिप्रेजेन्टेटिभले आफ्नो सोच र लगनले यो कम्पनी खोलेका थिए ।

laxmi

मेरठका निवासी रमेश जुनेजा एमआर थिए । सन् १९७४ मा उनले मेडिकल रिप्रेजेन्टेटिभको रुपमा आफ्नो करियर सुरु गरेका थिए । कम्पनीको औषधि बेच्न उनी युपी रोडवेजको बसमा यात्रा गर्थे । उनी दैनिक मेरठदेखि पुर्काजीसम्म रोडवेज बसबाट यात्रा गर्थे । आफ्नो कम्पनीको औषधिको बारेमा मानिसहरूलाई बताउँथे । त्यस क्षेत्रमा डाक्टरहरू भेट्न उनले धेरै घण्टा कुर्नुपरेको थियो । सन् १९७५ मा उनी लुपिन फार्मामा आबद्ध भए । त्यहाँ ८ वर्ष काम गरेपछि उनले सन् १९८३ मा यस कम्पनीबाट राजीनामा दिए । जबसम्म उनी कम्पनीमा थिए, उनले यसलाई बढाउन कडा मेहनत गरे । एमआरको जागिरले उनलाई चिकित्सा क्षेत्र बुझ्ने र सिक्ने अवसर दिएको थियो ।

एकपटक, एक चिकित्सा प्रतिनिधिको रूपमा उनी एक केमिस्टको पसलमा उभिएर उनको कम्पनीको औषधि बेच्न मनाउँदै थिए जब एक व्यक्ति पसलमा आए । मानिसलाई औषधि चाहिएको भएपनि उनीसँग पैसा थिएन । बिल तिर्न उनले चाँदीका गहना ल्याएका थिए । उनले औषधिको सट्टामा गहना दिने कुरा गरे, जुन देखेर रमेश जुनेजाको मन पग्लियो । उनले सोही समयमा सर्वसाधारणसम्म पुग्ने औषधि बनाउने निर्णय गरे जुन उनीहरूको बजेटमा होस र औषधि किन्न कसैले आफ्नो गहना बेच्नु नपरोस । कम लागत र उत्कृष्ट गुणस्तरको सोचमा उनले आफ्नै फार्मा कम्पनी खोल्ने सोच बनाए ।

रमेशले साथीसँग मिलेर बेस्टोकेम नामक औषधि कम्पनी खोले तर सफल हुन सकेनन् । सन् १९९४ मा उनले बेस्टोकम छोड्नु परेको थियो । त्यसपछि उनले भाइसँग मिलेर म्यानकाइन्ड फार्मा सुरु गरे । रमेश सुरुमा फेल भए पनि उनले यसबाट धेरै कुरा सिके । उनले आफ्नो गल्ती बुझेका थिए । सन् १९९५ मा उनले भाइसँग मिलेर म्यानकाइन्ड फार्माको जग बसाले । दुवै दाजुभाइले रु ५० लाख लगानी गरेका थिए । कम्पनीको प्रारम्भिक चरणमा, उनले २५ मेडिकल प्रतिनिधिहरूलाई आफूसँग जोडेका थिए । कम्पनीले पहिलो वर्षमा नै चमत्कार गरेको थियो । कम्पनीको मुल्य ४ करोड पुगेको थियो ।

रमेश र उनका भाइको रणनीति हिट भयो । अहिले यो कम्पनी कण्डम र गर्भनिरोधक उत्पादनमा शीर्ष स्थानमा छ । कम्पनीले आफ्नो व्यापार रणनीतिमा लगातार नयाँ चीजहरू समावेश गर्यो । कण्डम र गर्भनिरोधक उत्पादनहरू सुत्ने कोठाबाट बाहिर प्राइम टिभी र अखबारहरूमा पुर्यायो । कम्पनीले विज्ञापनलाई आफ्नो ठूलो हतियार बनायो । सन् २००७ मा म्यानकाइन्डले टिभीमा कण्डमको यस्तो विज्ञापन देखाएको थियो, जसले यसलाई लोकप्रिय बनायो ।
यो विज्ञापनको प्रभाव यस्तो थियो कि कण्डमको अर्थ म्यानफोर्स भयो । सन् २०१२–१३ मा कम्पनीले २० प्रतिशतको वार्षिक वृद्धिदर हासिल गरेको थियो । कम्पनीले मधुमेह, उच्च रक्तचापको औषधि, कन्डम र गर्भनिरोधक उत्पादनहरू उत्पादन गर्छ । आज म्यानकाइन्ड फार्मा कम्पनी ४३२६४ करोड भारुको भएको छ । रमेश जुनेजा फोब्र्सको धनी भारतीयको सूचीमा परेका छन् । सन् २०२२ मा उनले सबैभन्दा धनी भारतीयको सूचीमा ४४ औं स्थान पाएका थिए । आफ्नो समर्पण र कडा परिश्रमको मूल्यमा उनले एमआरबाट कम्पनीको सीईओ पदसम्मको यात्रा गरे । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL