Logo

कच्चा तेलको भाउमा भारी गिरावट, मूल्य दुई साताकै न्यून

कच्चा तेलको भाउमा भारी गिरावट, मूल्य दुई साताकै न्यून



काठमाडौं । कच्चा तेलको मूल्यमा बिहीबार प्रारम्भिक व्यापारमा हल्का गिरावट आएको छ । कच्चा तेलको मूल्यमा बुधबार दुई प्रतिशतभन्दा बढी गिरावट आएको थियो । बिहीबारको गिरावटसँगै कारण कच्चा तेल दुई साताकै न्यून बिन्दुमा पुगेको छ । अमेरिकामा कच्चा तेलको भण्डारमा ठूलो गिरावट आएपनि कच्चा तेलको मूल्य घटेको हो ।

laxmi

यस्तै फेडरल रिजर्भले फेरि एकपटक ब्याजदर बढाउने सम्भावना छ । यसले विश्वको सबैभन्दा ठूलो उपभोक्ता अमेरिकामा ऊर्जाको मागलाई असर गर्ने अपेक्षा गरिएको छ । जसका कारण कच्चा तेलको मूल्य घटेको हो । युरोपमा मुद्रास्फीति र चीनमा अनिश्चित आर्थिक तथ्यांकले लगानीकर्ताको मनोबललाई असर गरिरहेको छ ।

बुधबार कच्चा तेलको मूल्य करिब दुई प्रतिशतले घटेको थियो । ब्रेन्ट क्रुड १.६५ डलर वा दुई प्रतिशतले घटेर ८३.१२ डलर प्रति ब्यारेलमा बन्द भएको थियो । त्यस्तै डब्ल्यूटीआई पनि १.७० डलर वा २.१ प्रतिशतले घटेर ७९.१६ डलरमा पुगेको छ । यो मार्च ३१ यताकै न्यून स्तर हो । अप्रिल २ मा एक चकित पार्ने निर्णय गर्दै ओपेक प्लस देशहरूले कच्चा तेल उत्पादनमा कटौतीको घोषणा गरेका थिए ।

जसका कारण कच्चा तेलको मूल्यमा उछाल आएको थियो । सोमबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुड ०.५९ डलर वा ०.७१ प्रतिशतले घटेर प्रति ब्यारेल ८२.५३ डलरमा कारोबार भइरहेको थियो । त्यस्तै डब्ल्यूटीआई कच्चा तेल पनि ०.३६ डलर वा ०.४५ प्रतिशतले घटेर ७८.८० डलर प्रति ब्यारेलमा छ । गत वर्ष मार्चमा एक बिन्दुमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर पुगेको थियो, जुन रुस र युक्रेन बीचको युद्धपछि २००८ पछिको उच्चतम स्तर हो ।

प्रतिक्रिया दिनुहोस्
MBL