Logo

महासंघ कोषाध्यक्षमा निरक केसी र प्रबलजंग पाण्डेको उम्मेदवारी

महासंघ कोषाध्यक्षमा निरक केसी र प्रबलजंग पाण्डेको उम्मेदवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि निरक केसी र प्रबलजंग पाण्डेले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष निर्वाचनका लागि निरक केसी, प्रबलजंग पाण्डे, गोपाल खनाल र सन्दिप गाडियाले दावी गरेपनि खनाल र गाडियाले केसीलाई समर्थन गरेपछि दुई जनाको मात्रै आवेदन परेको हो ।

laxmi

कोषाध्यक्षका लागि अध्यक्ष सहित पदाधिकारी, प्रदेश अध्यक्ष, विभिन्न क्षेत्रबाट केन्द्रिय सदस्य, र मनोनित सहित ७३ जनाले कोषाध्यक्षका लागि मतदान गर्नेछन् । केसीलाई अध्यक्ष चन्द्रढप्रसाद काल, वरिष्ठ उपाध्यक्षका प्रत्याशी द्वय उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईको समेत समर्थन हुँदा ५ पदाधिकारी जिल्ला नगरको १३ केन्द्रिय सदस्य, कम्तीमा ५ जना प्रदेश अध्यक्ष, कम्तीमा ३ प्रदेश सदस्य, एसोसिएट्सको १५, वस्तुगततर्फ ८, मनोनितबाट आउने कम्तीमा ४ जना सदस्य तथा द्धिराष्ट्रियतर्फको केन्द्रिय सदस्यको समर्थन रहने छ ।

एसोसिएट्सतर्फका केही भोट क्रम हुने सम्भावना रहेपनि अध्यक्ष चन्द्रप्रसाद ढकालको केसीलाई बलियो समर्थन रहेका कारण उक्त भोटहरु केसीलाई नै आउने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

केसीलाई अध्यक्ष ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्याशी द्वय श्रेष्ठ र संघईको समर्थन रहेको छ भने पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र पूर्व अध्यक्ष भवानी राणाको साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL