Logo

राष्ट्र बैंकको दाबी–एक महिनामै १ खर्ब बढी रेमिट्यान्स भित्रियो, मूल्यवृद्धि घट्यो

राष्ट्र बैंकको दाबी–एक महिनामै १ खर्ब बढी रेमिट्यान्स भित्रियो, मूल्यवृद्धि घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको फागुन महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले चालु आवको फागुनको तथ्यांक सार्वजनिक गर्दै पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढिरहेको बताए । जुन हाल मासिक १ खर्ब माथिको आँकडामा भित्रिन थालेको उनको भनाई छ । उनले हाल औषतमा मासिक ९९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिँदै आएकाे बताए ।

laxmi

यस्तै राष्ट्र बैंकले फागुनमा महंगी दर पनि घटेर ७.४४ प्रतिशतमा पुगेको जानकारी दिएको छ । माघ महिनामा ७.८८ प्रतिशत रहेको मुद्रास्फिति फागुन महिनामा घटेर ७.४४ प्रतिशतमा पुगेको हो ।

साथै राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीमा पनि माघको महिनामा वृद्धि भएको बताएको छ । हो। फागुनसम्म नेपालसँग ९ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक मुद्रा संचिती रहेको देखिएको छ । यो गत माघ महिनामा पनि त्यस्तै थियो । पछिल्लो समय वैदेशिक मुद्रा आउने क्रम जारी भएपनि आयात बढेका कारण संचितीमा अघिल्लो महिनाकै बराबर देखिएको कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL