Logo

मास्टरकार्डका पूर्व सीईओ अजय बंगा विश्व बैंकको नयाँ अध्यक्ष बन्दै, किन परे बाइडेनको रोजाइमा ?

मास्टरकार्डका पूर्व सीईओ अजय बंगा विश्व बैंकको नयाँ अध्यक्ष बन्दै, किन परे बाइडेनको रोजाइमा ?



काठमाडौं । मास्टरकार्डका पूर्व सीईओ अजय बंगा विश्व बैंकको नयाँ अध्यक्ष बन्ने तय भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार उनलाई मनोनयन गरेका हुन् । उनी यसका लागि मनोनित हुने पहिलो भारतीय मूलका व्यक्ति हुन् ।

विश्व बैंकका वर्तमान अध्यक्ष डेभिड मालपासले अप्रिल २०२४ अघि नै राजीनामा दिने घोषणा गरेपछि उनलाई मनोनयन गरिएको हो । हाल ६३ वर्षीय भारतीय–अमेरिकी बंगा प्राइभेट इक्विटी फण्ड जनरल एट्लान्टिकका उपाध्यक्ष छन् ।

अजय त्यो भारतीय–अमेरिकी पुस्ताका हुन्, जसले भारतमा पढेर अमेरिकामा आफ्नो क्षमता प्रमाणित गरे । उनको जीवन कडा परिश्रम, संघर्ष र सफलताको कथा हो । उनले जालन्धर र शिमलाबाट स्कुल पढेका थिए । दिल्ली युनिभर्सटी बाट स्नातक र आइआइम अहमदाबाद बाट एमबीए गरेका उनी सन् १९८१ मा नेस्ले इन्डियामा व्यवस्थापन प्रशिक्षार्थीका रूपमा सामेल भए र १३ वर्षमा प्रबन्धक बने ।

त्यसपछि उनी पेप्सीको रेस्टुरेन्ट डिभिजनको हिस्सा बने । यो उदारीकरणको समय थियो, जब बंगाले भारतमा पिज्जा हट र केएफसीको सुरुवातमा प्रमुख भूमिका खेलेका थिए । अजय बंगा क्रेडिट कम्पनी मास्टरकार्डका सीईओ पनि भइसकेका छन् ।

बंगा १९९६ मा सिटीग्रुपको मार्केटिङ हेड बने । सन २००० मा सिटी फाइनान्सियलको प्रमुख नियुक्त । सन २००९ मा मास्टरकार्डको सीईओ बने र उनको मार्केटिङ रणनीतिहरूले मास्टरकार्डलाई युवाहरूमाझ यति लोकप्रिय बनायो कि यो एक स्टेटस सिम्बल बन्यो । बंगालाई २०१६ मा पद्मश्री पनि दिइएको थियो । २०१२ मा, प्रसिद्ध पत्रिका फर्च्युनले बंगालाई ‘शक्तिशाली उद्योगी–२०१२’ को रूपमा चयन गरेको थियो । उनी हिन्दुस्तान युनिलिभरका पूर्व अध्यक्ष मनविन्दर सिंह बंगाका भाइ हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व बैंकको कमान्ड लिनका लागि बंगा सबैभन्दा योग्य भएको बताएका छन् । बाइडेनले भने, ‘अजयले तीन दशकभन्दा बढी समय विश्वव्यापी कम्पनी निर्माण र व्यवस्थापनमा बिताएका छन् । यी अर्थतन्त्रसँगै रोजगारी बढाउने कम्पनी हुन् । यो ऐतिहासिक घडीमा विश्व बैंकको नेतृत्व गर्न अजय सबैभन्दा योग्य व्यक्ति हुन् ।’

अर्कोतर्फ, मिडियासँग कुरा गर्दै अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले अजयसँग जलवायु परिवर्तनको चुनौतीमा काम गर्ने राम्रो अनुभव रहेको बताए । यी अनुभव र प्राथमिकताहरूले आगामी वर्षहरूमा विश्व बैंकको लागि उनको कामलाई मार्गनिर्देशन गर्नेछ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL