Logo

निजी क्षेत्रलाई सरकारले विभेद गरेको छैन, निरास नहुनुस : अर्थमन्त्री शर्मा

निजी क्षेत्रलाई सरकारले विभेद गरेको छैन, निरास नहुनुस : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्र आर्थिक विकासको एउटा पांग्रा भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को छैटौं महासभामा बोल्दै मन्त्री शर्माले निजी क्षेत्रलाई निरास नहुन आग्रह गरेका छन् ।

laxmi

‘निजी क्षेत्रलाई सरकारले विभेद गरेको छैन । आर्थिक विकासमा हामी सबै एक ठाउँमा हुनुपर्छ । नीतिगत सुधार के गर्नुछ, त्यो गर्दै जानुपर्छ’, उनले थपे, ‘निजी क्षेत्र आर्थिक विकासको सहयात्री हो । तपाईंहरू निरास नहुनुस् । सरकारकै अंगको रूपमा तपाईंहरू हुनुहुन्छ ।’ उनले उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको भन्दै यसतर्फ निजी क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिए ।

सोही कार्यंक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको तरलता अभावको अवस्था धेरै समय नरहने बताएका छन् । गभर्नर अधिकारीले अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याज दर बढ्नु स्वाभाविक भएको बताएका छन् ।

विश्वकै अर्थतन्त्रमा चाप परेकाले नेपालले पनि त्यसको प्रभाव भोग्नु परेको उनले बताएका छन् । ‘तरलता अभावका कारण ब्याजदर बढेको हो । यो घट्छ । केही समयका लागि मात्र हो’, उनले भने, ‘बैंकमा तरलता सहज हुँदै गएको छ । ब्याजदर यसै गरी बढेरै रहँदैन ।’

बजारमा ऋण लगेर फिर्ता नआउँदा तरलतामा चाप परेको उनले बताएका छन् । व्यवसायीले हस्तक्षेप गर्न उप्रेरणा गर्ने भन्दै उनले हस्तक्षेपकारी नीति क्षणिक हुने बताए । ‘हामी संवेदनशील हुनुपर्छ । व्यसायीहरूले आवेगमा अएर प्रत्यक्ष हस्तक्षेप गर्न नलगाई दिनुहोला’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL