Logo

जीवन बीमा शुल्कमा सामान्य वृद्धि, कार्तिकमा कुन बीमा कम्पनीले कति कमाए ?

जीवन बीमा शुल्कमा सामान्य वृद्धि, कार्तिकमा कुन बीमा कम्पनीले कति कमाए ?



काठमाडौं । कार्तिक महिनामा नेपालमा संचालित १९ जीवन बीमा कम्पनीहरुले १० अर्ब २३ करोड ४६ लाख रुपैयाँ आर्जन गरेका छन् । यो अघिल्लो महिना असोजको तुलनामा करिव ५ प्रतिशतले बढी हो । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यी कम्पनीहरुले ८ अर्ब २१ करोड २९ लाख रुपैयाँ नविकरण बीमा शुल्क र २ अर्ब २ करोड १७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो महिना जीवन बीमा कम्पनीहरुको कुल बीमाशुलक आर्जन ९ अर्ब ७३ करोड ३४ लाख हुँदा नविकरण बीमाशुल्क ७ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ थियो ।

कार्तिक महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको एलआइसी नेपालले यस अवधिमा १ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नेशनल लाइफले १ अर्ब १० करोड रुपैयँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै युनियन लाइफले ५८ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै चौथो स्थान हात पारेको छ ।

यस्तै यस अवधिमा एशियन लाइफले ५३ करोड ५५ लाख, सूर्या लाइफले ३९ करोड ४४ लाख, प्राइम लाइफले ३७ करोड ५० लाख, मेट लाइफले ३७ करोड १७ लाख र राष्ट्रिय बीमा संस्थानले ३६ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै यस अवधिमा सिटिजन लाईफले ३५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा सन नेपाल लाइफले ३४ करोड ३ लाख, आइएमई लाइफले २७ करोड ९५ लाख, रिलायबल नेपाल लाइफले २५ करोड ५ लाख, ज्योति लाइफले २३ करोड ६६ लाख र रिलायन्स लाइफले २३ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यससँगै सानिमा लाइफले २२ करोढ ९२ लाख रुपैयाँ कमाउँदा गुराँस, प्रभु र महालक्ष्मी लाइफको कुल बीमाशुल्क आर्जन २० करोड तलै छ ।

यी सबै कम्पनीहरुले कार्तिक महिनामा उठाएको कुल बीमाशुल्कमध्ये नविकरण बीमाशुल्क उच्च रहेको बीमा प्राधिकरणले जानकारी दिएको छ । अर्थात कार्तिक महिनामा जीवन बीमा कम्पनीहरुले नयाँ बिमितको सट्टा पुरानै बिमितबाट धेरै शुल्क आर्जन गरेको देखिएको हो । यसले बीमा कम्पनीहरु बजार विस्तारमा सुस्त रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL