Logo

४ महिनामा पौने ३ अर्बको विदेशी स्याउ आयात, नेपाली स्याउ मुसाको आहार

४ महिनामा पौने ३ अर्बको विदेशी स्याउ आयात, नेपाली स्याउ मुसाको आहार



काठमाडौं । हालै जुम्लाका एक युवाले स्याउका बोरा खाली ठाउँमा मुसा, चरा किराफट्यांग्रालगायतका लागि आहारा भन्दै फालेको भिडियो सामाजिक संजालमा अपलोड गरे । उनको भिडियोमा जुम्लामा उत्पादन भएको स्याउले बजार नपाउँदा कृषकहरु उत्पादन नष्ट गर्न बाध्य भएको देखाउन खोजिएको थियो ।

laxmi

पछिल्लो समय नेपालमा उत्पादित वस्तुको अवज्ञा र विदेशी वस्तुको प्रयोग बढ्दो छ । यसले एकातिर स्वदेशी वस्तुलाई निरुत्साहित गरिरहेको छ भने संकुचित अर्थतन्त्रमा व्यापारघाटाको हिस्सा बढाउने काम पनि भईरहेको छ । जसको मारमा नेपाली कृषकहरु पनि परिरहेकै छन् ।

नेपालका हिमाली क्षेत्रमा बर्षेनी उत्पादन हुने स्याउ भौगोलिक कारण, सडक पूर्वाधारको कमि, मौसम खरावीलगायतका समस्याले सम्बन्धित बजारसम्म पुग्न पाउँदैनन् । त्यसको फाईदा विदेशी स्याउले उठाउँछ । जसको पछिल्लो उदाहरण हो नेपालमा भित्रिएको स्याउको आँकडा ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ४ महिनामा मात्रै नेपालले करिव पौने ३ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा करिव ३ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको पहिलो ४ महिनामा २ अर्ब ७२ करोड ३६ लाख ७५ हजार रुपैयाँ बराबरको ३ करोड ५२ लाख ८८ हजार किलो स्याउ आयात भएको थियो । उक्त आयात बढेर चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म २ अर्ब ८० करोड १४ लाख ३९ हजार रुपैयाँ बराबरको ३ करोड ७९ लाख ५१ हजार किलो स्याउ आयात भएको हो ।

यसरी हेर्दा नेपालमा विदेशी स्याउको खपत बढ्दो छ । नेपाली स्याउको बजारको भने हालसम्म कुनै अध्ययन वा अनुसन्धान भईसकेको छैन । फलफूल विकास केन्द्रका अनुसार नेपालमा पछिल्लो समय स्याउको उत्पादन पनि घट्दो अवस्थामा छ । करिव २ बर्षअघि गरिएको एक अध्ययनले नेपालमा पछिल्ले ११ महिनामा स्याउको उत्पादन १९ प्रतिशतले घटेको देखाएको हो ।

त्यसबेला नेपालमा ३१ हजार ३ सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यसरी स्याउ उत्पादन भएपनि सम्बन्धित बजारसम्म स्याउ पुग्ने पूर्वाधारको कमिका कारण जुम्ला, हुम्ला, मुस्ताङलगायत जिल्लामा उत्पादन भएको स्याउ किरा र मुसाको चारो बन्ने अवस्थामा पुगेका छ ।

भन्सार विभागकै तथ्यांकलाई आधार मान्दा चालु आवको पछिल्लो ४ महिनामा नेपालले छिमेकी मुलक भारतबाट १ अर्ब ७८ करोडको र चीनबाट १ अर्ब २ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको हो । यस्तै अघिल्लो आर्थिक बर्ष २०७७÷७८ मा नेपालमा ७ अर्ब ५ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको थियो । त्यसअघि बर्षमा नेपालमा आयात भएको स्याउ हेर्दा प्रत्येक बर्ष नेपालमा स्याउ आयात १ देखि २ अर्बसम्म बढिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL