Logo

अन्तरिक्ष उद्योगमा क्रान्ति ल्याएको ‘स्पेसएक्स’को कथा, जब रूसी डिजाइनरले संसारकै धनी मस्कलाई थुके

अन्तरिक्ष उद्योगमा क्रान्ति ल्याएको ‘स्पेसएक्स’को कथा, जब रूसी डिजाइनरले संसारकै धनी मस्कलाई थुके



काठमाडौं । विश्वका सबैभन्दा धनी एलोन मस्कले मानिसलाई मंगल ग्रहमा लैजाने सपना देखेका छन् । यस मिशनको साथ, उनले सन २००२ मा स्पेसएक्स स्थापना गरे । आज, यो कम्पनीको नाममा धेरै रेकर्डहरू दर्ता छन् र यो अन्तरिक्ष उद्योगमा ठूलो नामको रूपमा उभिएको छ ।

laxmi

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्ना अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन मा लैजान स्पेसएक्स रकेटको सहारा लिइरहेको छ । तर, स्पेसएक्सको यो यात्रा सहज भने थिएन । कम्पनीले एकपछि अर्को गर्दै धेरै अप्ठ्याराहरूको सामना गर्यो । मस्कले आफ्नो सबै संचित पूँजी यसमा लगाएका थिए । उनीहरुले रुसबाट रकेट किन्न पनि प्रयास गरे तर, काम सफल भएन । एक समय आयो जब मस्कको सबै पैसा सकियो । उनले आफ्नो कार पनि बेच्नुपर्यो । तर मस्कले कहिल्यै हार मानेनन् । आज स्पेसएक्स यस उद्योगमा काम गर्ने नयाँ कम्पनीहरूको लागि रोल मोडेलको रूपमा उभिएको छ । आज कम्पनीसँग नासा सहित धेरै कम्पनीहरू पार्टनरका रुपमा रहेका छन् ।

अमेरिकी व्यापार स्तम्भकार र लेखक एश्ले भान्सले आफ्नो पुस्तक ‘एलोन मस्कः हाउ द बिलियनेयर सीईओ अफ स्पेसएक्स र टेस्ला इज शेपिंग आवर फ्यूचर’ मा स्पेसएक्ससँग सम्बन्धित घटना उल्लेख गरेका छन् । यो स्पेसएक्स स्थापना हुनु अघिको कुरा हो । मस्क रकेट प्रक्षेपणमा दुई देखि तीन मिलियन डलर खर्च गर्न चाहन्थे । तर, यो सम्भव नभएको विज्ञहरुले बताए । मस्कले रकेट प्रक्षेपण गर्न कति खर्च लाग्छ भनेर रुस जाने सोचेका थिए । उनको चाहना रुसबाट आईसीबीएम (इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल) किनेर आफ्नै प्रक्षेपण वाहनको रूपमा प्रयोग गर्ने थियो । एउटै प्रविधि रकेट र मिसाइलमा प्रयोग गरिन्छ ।

स्पिट अन मस्क

मस्कले यस कामका लागि जिम क्यान्ट्रेल नामक व्यक्तिको सहयोग लिएका थिए । क्यान्ट्रेललाई जासुसीको आरोप लगाइएको थियो र सन् १९९६ मा रुसमा नजरबन्दमा राखिएको थियो । यही कारणले उनी रुस जान चाहँदैनथे तर, मस्कले उनलाई मनाए । अक्टोबर २००१ मा, मस्क, क्यान्ट्रेल र मस्कको कलेज साथी अडियो रेसी मस्को आइपुगे ।

यसपछि चार महिनाको अन्तरालमा मस्क र उनको टोलीले रुसीसँग तीन पटक कुरा गरे । तर अवस्था उनले सोचेजस्तो सहज भएन । एक बैठकको क्रममा रूसका एक प्रमुख डिजाइनरले क्यान्ट्रेल र मस्कलाई थुकेका थिए । क्यान्ट्रेल भन्छन्, ‘रसियाका एक प्रमुख डिजाइनरले म र एलनलाई थुकेका थिए किनभने उसले सोचेको थियो कि हामी फोहोर छौं ।’

मस्कले रकेटको लागि २० मिलियन राखेका डलर राखेका थिए र त्यसबाट तीनवटा आइसीबिएम किन्न सकिने आँकलन गरेका थिए । जुन उनले प्रक्षेपण गर्न सकिने उनले योजना बनाएका थिए । एक बैठकमा, मस्कले रूसीहरूलाई सोधे कि आईसीबीएमको लागत के हुन्छ, र जवाफ थियो ८ मिलियन डलर । मस्कले यो मूल्यमा त कम्तीमा दुईवटा आईसीबीएम आउने बताए । रुसीहरूले यस्तो मूल्यमा मिसाइल दिन स्पष्ट रूपमा अस्वीकार गरे ।

मस्कले रुसीहरू सम्झौताप्रति गम्भीर नभएको वा उनीहरूबाट बढीभन्दा बढी पैसा निकाल्न चाहेको महसुस गरे । यो फेब्रुअरी २००२ को कुरा हो । मस्क ठूलो सपना बोकेर रुस आएका थिए तर त्यहाँबाट रित्तो हात फर्किए । उनी निराश भए तर हार मानेनन् । त्यसपछि कम्पनीले रकेट आफैं बनाउने निर्णय गर्यो । मस्कले जुन २००२ मा स्पेसएक्सको स्थापना गरेका थिए । तर कम्पनीलाई आफ्नो रकेट सफलतापूर्वक उडान गर्न छ वर्ष लाग्यो ।

अन्तरिक्ष उद्योगमा क्रान्ति

स्पेसएक्स सन् २००८ मा चर्चामा आयो जब यसको रकेटले उपग्रहलाई कक्षमा पुर्यायो । यस्तो कार्य गर्ने यो संसारको पहिलो निजी कम्पनी थियो । सन २०१० मा, यसको रकेटले कक्षामा पेलोड राख्यो र त्यसपछि सुरक्षित रूपमा पृथ्वीमा फर्कियो । स्पेसएक्सको सफलताको सबैभन्दा ठूलो रहस्य यो हो कि यसले रकेटमा प्रयोग हुने ८० प्रतिशत उपकरण आफैं निर्माण गर्छ । यसले कम्पनीलाई लागत घटाउन मद्दत गर्छ । मस्क रकेट व्यवसायको एप्पल बन्न चाहन्छन् । मानवलाई मंगल ग्रहमा पठाउने उनको सपना छ । पाँच लाख डलर खर्चेर मानिसलाई मंगल ग्रहमा पठाउन सकिने उनको भनाइ छ र यो मिसनमा काम भइरहेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL