Logo

सबैभन्दा धेरै कर बुझाउनेमा सुर्य नेपालकै निरन्तरता, रेमिट्यान्सतर्फ आइएमई

सबैभन्दा धेरै कर बुझाउनेमा सुर्य नेपालकै निरन्तरता, रेमिट्यान्सतर्फ आइएमई



काठमाडौं । अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा सरकारलाई सबैभन्दा बढि कर बुझाउने सूचीको अग्र स्थानमा सुर्य नेपाल प्रालिले निरन्तरता दिएको छ । पछिल्ला केहि बर्षदेखि निरन्तर सुर्य नेपाल प्रालि निजी कम्पनी अन्तर्गत आन्तरिक राजस्वतर्फको कर सबैभन्दा धेरै बुझाउने कम्पनी बन्दै आएको छ ।

आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको आँकडा अनुसार सरकारलाई सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी नेपाल टेलिकम बनेको छ । यस्तै पछिल्लो समय खानेतेलको निर्यात बढेसँगै सन्जिव कुमार अग्रवालको शिवशक्ति घ्यु कम्पनीले सबैभन्दा बढि निर्यात कारोबारतर्फको कर बुझाएको विभागले जानकारी दिएको छ ।

यस्तै विशेष उद्योगबाट आयकरदातामध्ये सबैभन्दा धेरै कर बुझाउने कम्पनी राजेश मेटल प्रालि हुँदा कृषि तथा पशुपक्षीतर्फ आयकर बुझाउने कम्पनीमा ओसीबी फुड्स प्रालि बनेको छ । यता व्यक्तिगततर्फ भने सबैभन्दा बढि आयकर बुझाउने मा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका विजय कुमार शाह रहेका छन् । रेमिट्यान्सतर्फ आइएमईले सबैभन्दा बढि कर बुझाउँदा वस्तु व्यापार आयकरतर्फत सबैभन्दा बढि गोल्छा ग्रुपको हंसराज हुलासचन्दले बुझाएको छ ।

विभागका अनुसार गत आवमा सबैभन्दा धेरै आयकर बुझाउने बैंक तथा वित्तीय संस्थामा नबिल बैंक हँदा लघुवित्ततर्फ छिमेक लघुवित्त र बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

यता स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट सबैभन्दा बढि कर बुझाउने कम्पनीमा नोबेल मेडिकल कलेज हुँदा पर्यटन क्षेत्रतर्फ मनकामना दर्शन प्रालिले सबैभन्दा धेरै कर बुझाएको छ ।

यस्तै उर्जामुलक क्षेत्रको चिलिमे जलविद्युत प्रालि र मध्यम स्टरको करदातामध्ये सबैभन्दा बढि कर बुझाउने कम्पनी नेपाल धितोपत्र विनिमय बजार लि. बनेको छ । बुधबार एक कार्यक्रमका बीच विभागले धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL