Logo

वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै रेमिटान्स आप्रबाहमा सुधार, दुई महिनामा भित्रियो १ खर्ब ८७ अर्ब

वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै रेमिटान्स आप्रबाहमा सुधार, दुई महिनामा भित्रियो १ खर्ब ८७ अर्ब



काठमाडौं । पछिल्लो समय नेपालमा भित्रने रेमिटान्समा उच्च सुधार आएको छ । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड भित्रिएको हो । तर गत आबको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो ।

laxmi

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भएको छ ।

२ महिनामा १ लाख ३ हजार ८९८ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL