Logo

आर्थिक बर्षको पहिलो महिनाको वैदेशिक व्यापार : निर्यात २८ प्रतिशतले घट्दा आयातको हिस्सा २ प्रतिशतले बढ्यो

आर्थिक बर्षको पहिलो महिनाको वैदेशिक व्यापार : निर्यात २८ प्रतिशतले घट्दा आयातको हिस्सा २ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना गत आवको सोही अवधिको तुलनामा निर्यातको व्यापार २८ प्रतिशतले घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक बर्षको साउनको तुलनामा चालु आर्थिक बर्षको साउनमा नेपालले गर्ने निर्यात घटेको हो । तथ्यांक अनुसार गत आवको साउन महिनामा नेपालले २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । तर, चालु आवको साउनमा उक्त आयात घट्दै १४ अर्ब ८० करोड रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै यस अवधिमा नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा भने गत आवको तुलनामा बढेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको साउनमा गत आवको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा २.२४ प्रतिशतले बढेको हो । गत आवमा यस्तो हिस्सा ८७.८९ प्रतिशत थियो भने चालु आवमा यो बढेर ८९.८६ प्रतिशत पुगेको हो ।

भन्सार विभागका अनुसार चालु आवको पहिलो महिनामा नेपालले १ खर्ब ३१ अर्ब २१ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा भने कम हो । गत आर्थिक बर्षको पहिलो महिना नेपालले १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात गरेको थियो ।

यसरी वैदेशिक व्यापारलाई हेर्दा गत आवको पहिलो महिनाको तुलनामा व्यापारघाटा पनि घटाएको छ । गत आर्थिक बर्षको साउनमा नेपालले १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको मा यो बर्षको साउनमा १० प्रतिशतले घटेर १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक बर्षको पहिलो महिना धेरै आयात हुने वस्तुको सूचिको पहिलो देखि पाँचौ स्थानसम्म क्रमशः डिजेल, पेट्रोल, कच्चा भटमासको तेल, एलपी ग्याँस र कच्चा पाम तेल रहेका छन् । यस अवधिमा नेपालले ८ अर्ब ९८ करोड रुपैयाँको डिजेल, ६ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल, ६ अर्व रुपैयाँको कच्चा भटमासको तेल, ५ अर्ब २७ करोड रुपैयाँको एलपी ग्याँस र ४ अर्ब १६ करोड रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL