Logo

बजेट कार्यान्वयन मार्गदर्शन जारी, असोज मसान्तसम्म विनियोजित रकम बाँडफाँट गरिसक्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन जारी, असोज मसान्तसम्म विनियोजित रकम बाँडफाँट गरिसक्नुपर्ने



काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक बर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । बजेट कार्यान्वयन र खर्चलाई प्रभावकारी बनाउन मन्त्रालयले उक्त मार्गदर्शन जारी गरेको हो । मार्गदर्शनमा कुनै निकायमा एकभन्दा बढी ईकाइबाट खर्च गर्नेगरी एकमुष्ट रकम विनियोजन भएको भए आगामी असोज मसान्त भित्र रकम बाँडफाँट गरी सोको जानकारी अर्थमन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्नेछ ।

laxmi

यस्तै सरकारी कार्यालयले नयाँ सवारीसाधन किनन नपाईने, विनियोजीत रकम फागुन मसान्तसम्म खर्च गर्न नसके चैत १५ भित्र सरेन्डर गर्नुपर्ने, ५ करोड माथिको ठेक्काको ५ बर्षसम्म मर्मत सम्भार पनि सम्बन्धित कम्पनीले गर्नेलगायतका कुराहरु समेटिएका छन् ।

यस्तै सम्बन्धित मन्त्रालय वा निकायले पूँजीगत खर्चका लागि कार्यान्वयन एकाई बनाई असोज मसान्तभित्र अनुगमनको कार्य थालनी गरिसक्नुपर्ने, बजेटमा नपरेका आयोजनामा रकम विनियोजन नहुनेलगायतका बुँदाहरु पनि समेटिएका छन् । मार्गदर्शनका ७० बुँदामा बजेट कार्यान्वयनलाई पारदर्शी र प्रभावकारी बनाउन जोड दिईएको छ ।

यस्तो छ मार्गदर्शन :

[googleapps domain=”drive” dir=”file/d/1TRBw7zuTCzrnZBbRedotkl8KzLkk7EyS/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL