Logo

सरकारले ८० प्रतिशत बजेट पनि खर्च गर्न सकेन, पुँजीगत खर्च ५७ प्रतिशतमै सीमित

सरकारले ८० प्रतिशत बजेट पनि खर्च गर्न सकेन, पुँजीगत खर्च ५७ प्रतिशतमै सीमित



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८।७९ को वार्षिक लक्षित बजेट खर्चको ८० प्रतिशत रकम पनि परिचालन गर्न सकेको छैन । सरकारले सो आवमा १६ खर्ब ३२ अर्ब ८२ करोड बजेट परिचालन गर्ने लक्ष्य लिएपनि आर्थिक वर्षको अन्तिमसम्ममा कुल १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ मात्रै बजेट परिचालन गरेको छ ।

laxmi

आर्थिक वर्ष २०७८।७९ मा सरकारको पुँजीगत खर्च परिचालन ज्यादै न्यून रहेको छ । बजेट ल्याएसँगै तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशतका दरमाले पुँजीगत खर्च परिचालन गर्न सम्बद्ध निकायलाई निर्देशन दिएपनि आर्थिक वर्ष सकिदासम्म कुल ५७.२३ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ ।

यसैगरी वित्तीय खर्चमा सरकारले चुकेको छ । सो अबधिमा सरकारले लक्ष्यको ६२।५ प्रतिशत मात्रै वित्तीय खर्च गरेको छ । यसैगरी बजेटको लक्ष्य अनुरुप चालू खर्च समेत हुन नसकेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आबका ९०।२५ प्रतिशत मात्रै चालू खर्च भएको छ । सरकारले जेठ १५ गते बजेट ल्याएर नयाँ आर्थिक वर्ष शुरु हुने वित्तिकै अर्थ मन्त्रालयले सम्बद्ध निकायहरुलाई बजेट परिचालनका लागि बाँडफाँड गरेपनि खर्च गर्ने क्षमता भने घट्दै गएको छ ।

उद्यपि सरकारले गत अबमा बजेट परिचालनमा सुस्तता देखिएसँगै बजेटको आकार घटाएको थियो । जसअनुरुप आर्थिक वर्षमा १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ बजेट परिचालन हुने अनुमान गरेको थियो । तथ्यांकअनुसार सरकारले बजेटको संसोधित लक्ष्यसमेत भेटाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL