Logo

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौतामा हस्ताक्षर, स्वाप र सिइओमा यस्तो भयो सहमति

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौतामा हस्ताक्षर, स्वाप र सिइओमा यस्तो भयो सहमति



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको छ । बिहिबार बिहान एक कार्यक्रमका बीच दुई कम्पनीले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

laxmi

सगरमाथा इन्स्योरेन्सका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका सञ्चालक अरुण राज श्रेष्ठले मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सगरमाथा इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सिईओ चंकी क्षेत्रीले यी दुई कम्पनीबीच मर्जरमा जान सम्झौता भएको जानकारी दिए ।

दुई इन्स्योरेन्सको सेयर स्वाप रेसियो १००ः८० को अनुपातमा रहने सहमति भएको छ भने दुई कम्पनी मर्जरमा गएपछि कम्पनीको सिइओमा हाल सगरमाथामा रहेका सिइओ चंकी क्षेत्री नै रहने सहमति समेत भएको छ । कम्पनीको अध्यक्ष लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहर दास मुल रहने सम्झौता भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार समेत रोक्का भएको छ । बिहिबार नेप्सेले यी दुई कम्पनीबीच मर्जरको सहमति भएसँगै सेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL