Logo

अर्थतन्त्र असहज भएको अवस्थामा सबै सहज हुनेगरी मौद्रिक नीति आउदैन, केही सहनु पर्छ : गभर्नर अधिकारी

अर्थतन्त्र असहज भएको अवस्थामा सबै सहज हुनेगरी मौद्रिक नीति आउदैन, केही सहनु पर्छ : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका हरेक पक्ष असहज भएको अवस्थामा सबैलाई सहज हुनेगरी मौद्रिक नीति नआउने प्रष्ट पारेका छन् । नेपाल व्यवस्थापक संघ (म्यान)ले गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

laxmi

यसैगरी उनले यसअघि कोरोना महामारीको असरलाई मध्यनजर गर्दै राष्ट्र बैंकले धेरै छुट तथा सुविधा दिएको र अबका दिनमा त्यसलाई क्रमश हटाउँदै जाने बताए । ‘उदाहरणका लागि राष्ट्र बैंकले कोरोनाको बढी असर भएको अवस्थामा रिफाईनान्स कोषको ५ गुणासम्म रिफाइनान्स सुविधा दिएका थियौं भने चालू आवमा घटाएर ४ गुणा र आगामी वर्ष अझै घटाउने छौं,’ गभर्नर अधिकारीले भने, ‘कोभिड सुविधा सधै दिँदा काउन्टर प्रोडक्टिभ हुनसक्छ आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि पनि कतिपय सेवासुविधा घटाउँदै जानुपर्ने हुन्छ ।’

यसैगरी उनले बैंकको मात्रै भर परेर व्यवसाय नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । उद्यमी व्यवसायीले आफुले पनि केही लगानी गरेर बैंकबाट कर्जा लिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको असजिलो अवस्थामा सबैलाई व्यालेन्स गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने बताए । ‘अहिले मूल्य बढेको छ भने तरलता अभाव भएको छ’ उनले भने, ‘अबका दिनमा यसलाई व्यालेन्स गर्दै व्याजदरलाई स्थायित्व दिनुका साथै तरलता समेत सहज गर्नेगरी मौद्रिक नीति आउनु जरुरी छ ।’ साथै मौद्रिक नीतिले साना तथा मझौला उद्योगलाई प्राथमिकता दिनुका साथै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन र जलविद्युतलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताए ।

पछिल्लो समय कोरोनाका कारण ३ वर्षको नकारात्मक व्यालेन्ससिटलाई प्रोभिजन गर्नुपर्ने व्यवस्थाले बैंक तथा उद्योगी व्यवसायी समस्यामा परेको भन्दै उक्त प्रावधान समेत हटाउनु पर्ने उनको भनाई थियो ।

यसैगरी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले कन्ट्रासनरी नभई सन्तुलित र बिस्तारकारी मौद्रिक नीति ल्याउनुपर्ने बताए । सार्थै अहिलो उद्योग व्यवसाय जोगाउन बैंकको स्प्रेडदर घटाउनुका साथै विदेशी मुद्रा आर्जन गर्न क्रिप्टोकरेन्सी माईनिङलाई बैधानिकता दिनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL