Logo

धमाधम सम्बन्धबिच्छेद गर्दै खर्बपतिहरु, गुगलका ब्रिनपछि मिडिया मुगल मर्डोकले पनि गरे सम्बन्धविच्छेदको निर्णय

धमाधम सम्बन्धबिच्छेद गर्दै खर्बपतिहरु, गुगलका ब्रिनपछि मिडिया मुगल मर्डोकले पनि गरे सम्बन्धविच्छेदको निर्णय



काठमाडौं । विश्वका सबैभन्दा धनीको सूचीमा रहेकाहरुले पछिल्लो समय धमाधम सम्बन्धविच्छेद गरिरहेका छन् । गुगलका सह–संस्थापक सर्गेई ब्रिनले हालै आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । विगत ४ वर्षमा सम्बन्धविच्छेद गर्ने निर्णय गर्ने उनी तेस्रो अर्बपति हुन् ।

यसैबीच मिडिया मोगल रुपर्ट मर्डोकले पनि मोडल अभिनेत्री जेरी हलसँग अलग हुने निर्णय गरेका छन् । दुवैले ६ वर्षको वैवाहिक सम्बन्ध तोड्दै छिट्टै सम्बन्धविच्छेदका लागि निवेदन दिनेछन् ।

९१ वर्षीय मिडिया मुगल रुपर्ट मर्डोकले ६५ वर्षीय मोडलसँग २०१६ मा विवाह गरेका थिए । रुपर्ट मर्डोकको यो चौथो विवाह थियो। उनको पहिलो विवाह प्याट्रिसिया बुकरसँग भएको थियो, जुन सन् १९५६ देखि १९६७ सम्म चलेको थियो ।

यसपछि उनले अन्ना मारिया टोर्भसँग दोस्रो विवाह गरे, जुन १९६७ देखि १९९९ सम्म चल्यो।मिडिया मुगलले सन् १९९९ मा वेन्डी डेङसँग तेस्रो विवाह गरे, जुन २०१३ सम्म चल्यो । ब्याटम्यान र द ग्रेजुएट जस्ता हलिउड फिल्महरूमा काम गरिसकेका रुपर्ट मर्डोकले २०१६ मा जेरी हलसँग विवाह गरेका थिए । मर्डोक भन्दा पहिले, जेरी हलले रक स्टार र गायक मिक जागरसँग विवाह गरेकी थिइन । जेरी हल र रूपर्ट मर्डोकको विभिन्न विवाहबाट १० बच्चाहरू छन् । फक्स न्यूज च्यानलको अभिभावक कम्पनी न्यूजकर्पका सीईओ र अध्यक्ष रुपर्ट मर्डोकले चौथो विवाहमा खुशी व्यक्त गरेका थिए।

जेरी हलसँग विवाह गरेपछि रुपर्ट मर्डोकले खुशी व्यक्त गर्दै ट्वीट गरे, ‘आगामी १० दिनसम्म कुनै पनि ट्वीट नगर्ने । संसारको सबैभन्दा भाग्यमानी र खुसी व्यक्ति जस्तै महसुस गर्दै। यस्तो अवस्थामा रुपर्ट मर्डोकको तर्फबाट सम्बन्धविच्छेदको निर्णय लिनु स्तब्ध हो ।

रुपर्ट मर्डोक र जेरी हलले अहिलेसम्म विवाह तोडेको घोषणा गरेका छैनन् । केही समयअघिमात्र माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा फ्रेन्च गेट्सले पनि सम्बन्धविच्छेद गर्ने निर्णय गरेका थिए । यसबाहेक जेफ बेजोस र म्याकेन्जीबीच सम्बन्धविच्छेद पनि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL