Logo

Global_Ime

जोमाटोले डेलिभरी स्टार्टअप ‘ब्लिंकिट’ अधिग्रहण गर्ने, ४४४७ करोड भारुमा भयो सम्झौता

जोमाटोले डेलिभरी स्टार्टअप ‘ब्लिंकिट’ अधिग्रहण गर्ने, ४४४७ करोड भारुमा भयो सम्झौता



काठमाडौं । चर्चित अनलाइन खाना वितरण निर्माता जोमाटो लिमिटेडको बोर्डले स्थानीय किराना–डेलिभरी स्टार्टअप ब्लिंकिटको अधिग्रहणलाई अनुमोदन गरेको छ ।

Laxmi_sunrise

यो सम्झौता ५६८.१६ मिलियन डलर अर्थात करिब ४४४७ करोड रुपैयाँमा भएको हो । चीनको एन्ट ग्रुप समर्थित जोमाटोको पहिले नै ब्लिंकिट मा ९ प्रतिशत भन्दा बढी हिस्सेदारी छ। गत वर्ष, ग्रोफर्सले यसको नाम परिवर्तन गरी ‘ब्लिन्किट’ राखेको थियो ।

जोमाटोले यो अधिग्रहण क्विक कमर्स व्यवसायमा लगानी गर्ने रणनीति अनुरूप भएको बताएको छ। जोमाटो द्रुत रूपमा बढिरहेको बजारको फाइदा लिन चाहन्छ। यस वर्षको मार्चमा, जोमाटोले ब्लिङ्किटलाई एक वा धेरै किस्ताहरूमा १५० मिलियन डलर सम्मको ऋण स्वीकृत गरेको थियो ।

जोमाटोको साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबारको शेयर मूल्य ७०.३५ रुपैयाँमा थियो । यो शेयर मूल्य अघिल्लो दिनको तुलनामा १.१५ प्रतिशतले बढेको थियो ।बजार पुँजीको कुरा गर्दा, जोमाटो ५५, ३९१ करोड भारतीय रुपैयाँ छ। जोमाटोको आइपीओ गत वर्ष लन्च गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL