Logo

इन्धनको मूल्य दोब्बरभन्दा बढी बढ्न सक्ने, रसियाले दियो कच्चा तेलको मूल्य ३ सय डलर पुग्नसक्ने चेतावनी

इन्धनको मूल्य दोब्बरभन्दा बढी बढ्न सक्ने, रसियाले दियो कच्चा तेलको मूल्य ३ सय डलर पुग्नसक्ने चेतावनी



काठमाडौं । रुसले कच्चा तेलको मूल्य प्रति ब्यारेल ३ सय डलर पुग्न सक्ने चेतावनी दिएको छ । एक वरिष्ठ रुसी मन्त्रीले सोमबार पश्चिमी देशहरूले तेलको मूल्य प्रति ब्यारेल ३०० डलरभन्दा बढी र रुस–जर्मनी ग्यास पाइपलाइनको बन्दको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

laxmi

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार वाशिंगटन र युरोपेली सहयोगीहरूले रूसी तेल आयातमा प्रतिबन्ध लगाउने विचार गरेको बताएसँगै तेलको मूल्य २००८ यताकै उच्च स्तरमा पुगेको छ। यो १४ वर्षयता कच्चा तेलको उच्च मूल्य हो ।

रूसी तेलको अस्वीकृति घातक

रूसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले सरकारी टेलिभिजनमार्फत एक विज्ञप्तिमा भने –‘ रूसी तेलको अस्वीकारले विश्वव्यापी बजारमा विनाशकारी नतिजा ल्याउनेछ भन्ने कुरा स्पष्ट छ। मूल्यमा अप्रत्याशित उछाल आउनेछ। र प्रति ब्यारेल ३०० डलर हुनेछ ।

नोवाकले रुसबाट प्राप्त तेलको परिमाण प्रतिस्थापन गर्न युरोपलाई एक वर्षभन्दा बढी समय लाग्ने र निकै उच्च मूल्य तिर्नुपर्ने बताए । उनका अनुसार युरोपेली राजनीतिज्ञहरूले इमानदारीपूर्वक आफ्ना नागरिक र उपभोक्ताहरूलाई के अपेक्षा गर्ने भनेर बुझ्नु आवश्यक रहेको बताए ।

ग्यासमा प्रतिबन्ध लगाउने पूर्ण अधिकार

‘यदि तपाईं रूसबाट ऊर्जा आपूर्ति अस्वीकार गर्न चाहनुहुन्छ भने अगाडि बढ्नुहोस्,’ नोभाकले भने। ‘हामी यसका लागि तयार छौं । हामीलाई थाहा छ हामी कहाँ भोल्युममा पठाउन सक्छौं’, उनले भने । नोवाकले युरोपको ४० प्रतिशत ग्यास आपूर्ति गर्ने रुसले आफ्नो दायित्व पूरा गरिरहेको बताउँदै युरोपेली युनियनको कारवाहीविरुद्ध बदला लिने आफ्नो अधिकारभित्र पर्ने बताए।

उनले जर्मनीले नोर्ड स्ट्रिम–२ पाइपलाइमा जर्मनीले प्रतिबन्ध लगाएजस्तै नोड स्ट्रिम–१ ग्यास पाइपलाइनमार्फत ग्यास पम्प गर्न प्रतिबन्ध लगाउने अधिकार आफुहरुसँग भएको बताए । नोवाकले अहिलेसम्म त्यस्तो कुनै निर्णय नगरेको बताउँदै तर, युरोपेली राजनीतिज्ञहरूले रुसको बिरूद्ध जारी गरेका बयान र आरोपले आफुहरुलाई त्यो बाटो जान बाध्य पारिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL