Logo

पुँजीगत खर्च परिचालनमा चुकेको सरकारले राजस्वको लक्ष्य पनि भेटाउन सकेन, ६ महिनामा १३.४४ प्रतिशत मात्र खर्च

पुँजीगत खर्च परिचालनमा चुकेको सरकारले राजस्वको लक्ष्य पनि भेटाउन सकेन, ६ महिनामा १३.४४ प्रतिशत मात्र खर्च



काठमाडौं । देशमा विकास निर्माणका काम गरेर पुँजीगत खर्च परिचालनमा चुकेको सरकार राजस्व उठौतीमा पनि पछि परेको छ । विगतका बर्षको तुलना गर्दा यो आर्थिक बर्षमा पुँजीगत खर्च ज्यादै न्यून अर्थात ६ महिनामा १३.४४ प्रतिशतमात्रै खर्च भएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले पटक पटक मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने बताउँदै आएपनि व्यबहारमा भने ६ महिनामा १४ प्रतिशतपनि खर्च गर्न सकेको छैन । सरकारले समग्रमा ३१ प्रतिशत बजेट परिचालन गरेको देखिएपनि पुँजीगत खर्च भने ज्यादै न्यून रहेको छ । सो अबधिमा सरकारले चालू गर्न भने ३८ प्रतिशत खर्च गरेको छ ।

बजेट परिचालनमा चुकेको सरकारले राजस्व उठौतीको लक्ष्य समेत भेटाउन सकेको छैन । सरकारले ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएपनि सो अबधिमा ५ खर्ब ४२ अर्ब रुपैयाँ मात्र उठाउन सफल भएको छ । जुन रकम लक्ष्यको ४५.९२ प्रतिशत हुन आउँछ ।

जसका सबैभन्दा बढी कर राजस्व अन्तर्गत ४ खर्ब ९४ अर्ब रुपैयाँ संकलन गरेको छ भने गैरकर राजस्व अन्तर्गत ४८ अर्ब रुपैयाँ राजस्व उडाउन सफल भएको छ । यसैगरी वैदेशिक सहायता अन्तर्गत १३ अर्ब ८८ लाख रुपैयाँ उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL