Logo

माइक्रोसफ्टले म्यासेजिङ प्लाटफर्म ‘डिस्कोर्ड’ किन्दै, साढे ११ खर्ब रुपैयाँमा खरीद-विक्री सम्झौता फाइनल चरणमा

माइक्रोसफ्टले म्यासेजिङ प्लाटफर्म ‘डिस्कोर्ड’ किन्दै, साढे ११ खर्ब रुपैयाँमा खरीद-विक्री सम्झौता फाइनल चरणमा



काठमाडौं । माइक्रोसफ्ट कर्पोरेसनले म्यासेजिङ प्लाटफर्म डिस्कोर्ड खरिद गर्ने भएको छ । माइक्रोसफ्टले १० अर्ब डलर अर्थात नेपाली रुपैयाँ ११ खर्ब ५६ अर्ब रुपैयाँमा डिस्कोर्ड खरिद गर्नका लागि सल्लाह गरिरहेको ब्लुमबर्गको एक रिपोर्टमा उल्लेख छ ।

laxmi

रिपोर्टका अनुसार डिस्कोर्डलाई खरिद गर्न चाहने धेरै खरिदकर्तामध्ये माइक्रोसफ्ट प्रमुख भएको बताइएको छ । तर, माइक्रोसफ्ट र डिस्कोर्ड दुबैले रोयटर्सलाई कुनै जवाफ भने दिएका थिएनन् । केहिदिन पहिले भेन्टरबिटले डिस्कोर्ड खरिद गर्नका लागि केही पार्टीहरुसँग सल्लाह गरिरहेको रिपोर्ट प्रकाशित गरेको थियो ।

पछिल्लो समय विश्वभर फैलिएको कोरोना महामारीका कारण लगाएको लकडाउनमा गेमिङ सफ्टवेयर तथा एपहरु फस्टाएको देखिन्छ । सोहीअनुसार अमेरिकाको गेमिङ कम्पनी रोब्लोक्सले बजार तताएको विदितै छ । सोही अनुसार उक्त कम्पनी पब्लिक कम्पनीमा पनि रुपान्तरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL