Logo

सेयर र रियल स्टेटको वृद्धि पानीको फोकाझै फुटन सक्ने भन्दै चीनको चिन्ता, विश्व बजारमा संकट आए अर्थतन्त्र खुम्चिने आँकलन

सेयर र रियल स्टेटको वृद्धि पानीको फोकाझै फुटन सक्ने भन्दै चीनको चिन्ता, विश्व बजारमा संकट आए अर्थतन्त्र खुम्चिने आँकलन



काठमाडौं । चीनको बैंकिंङ क्षेत्रको नियामकले विश्वव्यापी वित्तीय बजार र देशको रियल स्टेट क्षेत्र र विश्व सेयर बजारमा देखिएको ‘बबल’ ले गम्भीर वित्तिय जोखिमको ल्याउनसक्ने भन्दै चिन्ता जाहेर गरेको छ । यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप कडाइकाबारे ताजा चिन्ता निम्त्याएको छ। पछिल्लो समय स्टक मार्केट एशियाभर गिर्दो क्रममा छ ।

चीनको बैंकिंङ तथा बीमा नियामक आयोगका अध्यक्ष गुओ शुआलनले केन्द्रीय बैंकको एक बिफ्रिङ कार्यक्रममा अमेरिकी र युरोपेली बजारमा देखिएको ‘इकोनोमिक बबल’ फुट्न सक्ने चिन्ता व्यक्त गरे । अमेरिकी र युरोपेली अर्थतन्त्र उनीहरुको योजनाविपरित अघि बढिरहेका कारण विष्फोटको खतरा रहेको र यसका लागि चाँडै केही निर्णय लिनसकनु पर्ने उनले बताए । उनका अनुसार चीनको अर्थव्यवस्था बाहिरी देशका कारण पनि उच्च रहेकाले बाह्य व्यापार विग्रेको अवस्थामा यस्तो चिन्ता लिनुपर्ने अवस्था छ ।

सीबीआइआरसीले गत जनवरीमा अर्थतन्त्रको उल्टो गतिलाई रोक्न उधारोमो कैँची लगाउने, बैंकले दिने कर्जामा कडाई, कर्जाको क्यापिङलगायतका क्रियाकलापलाई अघि बढाउने घोषणा गरेको थियो । चीनको मनिटरी पोलिसि अमेरिका तथा युरोपको जस्तो सजिलो नहुने बताउँछन् उओव काय हियान (हंगकंग) का कार्यकारी निर्देशक स्टेभन लेयङ । उनका अनुसार चीनको मनिटरि पोलिसिमाथि धेरै किसिमका बाधा हुनेहँदा प्रतिक्रिया पनि धेरै आउनेछन् ।

गुओका अनुसार एशियाको सेयरबजारमा गिरावट आइसकेको छ र अमेरिकाको सेयरबजारमा गिरावट आउनेवाला छ । यस्तै एशिया प्यासिफिकका इन्डेक्सहरुमा ०.८ प्रतिशतको गिरावट आउँदा चीनको सीएसआर ३०० इन्डेक्समा १.४ प्रतिशतको गिरावट आएको छ । हंगकंगको मेन गेजमा १ प्रतिशतको गिरावट आएको छ । यस्तै चीन सरकारले कमाउने विभिन्न प्रकारका आम्दानीमा खुम्चावट देखिएको छ ।

तर, अन्तरराष्ट्रिय रुपमा देखिएको इकोनोमिक बबल्सले हंगकंगको मार्केटमा भने असर नगर्ने विश्लेषकहरु बताउँछन् । जसको कारण मेनल्याण्डबाट लगातार इन्फ्लो बढ्नुलाई मानिएको छ । चीनले व्याजदर उच्च भएपनि पूँजीगत प्रवाह नरोकिएपछि यसलाई नियमन गर्ने बताएपछि हाल एशियाली बजार भने नियन्त्रणमुखी भएको गुओ बताउँछन् ।

यस्तै चीनमा पछिल्लो समय लगानीको रुपमा भन्दै रियल स्टेटमा पैसा खर्च गर्ने मानिसहरुको संख्या बढेको छ । जसका कारण चीनको अर्थतन्त्र नै धराशायी हुनसक्ने उनी अनुमान लगाउँछन् । लगानीकर्ताहरुले चीनका ठूला–ठूला शहरहरुमा आवास क्षेत्रमा लगानी गर्ने प्रचलन पछिल्लो बर्ष बढाएका छन् । जसका कारण रियल स्टेट क्षेत्र पनि बढ्दो ग्राफमा उक्लिरहेको देखिन्छ । यसमा सरकारी हस्तक्षेप कम भएका कारण प्राय लगानीकर्ताहरु यसमा आकर्षित भएको गुओको अनुमान छ । सरकारी तथ्यांकअनुसार गत बर्षको तुलनामा हाल विभिन्न क्षेत्रमा घरजग्गाको मूल्य ३० प्रतिशत बढीले बढिसकेको छ ।-अन्तराष्ट्रिय समाचारमा आधारित

प्रतिक्रिया दिनुहोस्
MBL