Logo

नेपाल अब २०२६ मा मात्र अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने, सीडीपीले गर्यो सिफारिस

नेपाल अब २०२६ मा मात्र अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने, सीडीपीले गर्यो सिफारिस



काठमाडौं । नेपाल सन् २०२६ मा मात्र अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघको विकास नीति समिति कमिटी फर डेभलपमेन्ट पोलीसी–सीडीपी) ले नेपाललाई कम विकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको हो ।

laxmi

कोभिड–१९ महामारीका कारण नेपाल सरकारको अनुरोधमा यो तयारी अवधिलाई पाँच वर्ष बनाइएको सीडीपीले उल्लेख गरेको हो ।नेपालसँगै सीडीपीले लाओस् र बंगलादेशलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको छ ।

समितिले नेपाललाई विकासशील राष्ट्रमा पूर्ण ढंगले रूपान्तरित भइसक्न तयारीका लागि ५ वर्षे अवधि सिफारिश गरेको छ । यस अनुसार नेपाल सन् २०२६ मा विकासशील राष्ट्र बन्नेछ ।

सीडीपीले तीन–तीन वर्षमा गर्दै आएको मूल्यांकन यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको थियो । नेपालले आयको स्तरबाहेक अन्य दुई मापदण्डमा यसअघिका दुईओटा समीक्षादेखि नै मापदण्ड पूरा गरिसकेको उल्लेख गर्दै स्तरोन्नति हुन सुझाएको हो । प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये नेपालले पछिल्लो दुई मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य भएको हो ।

सामान्यतः यस्तो संक्रमणकालीन अर्थात तयारी अवधि अधिकतम तीन वर्षका लागि हुन्छ । तर, दक्षिण एसियामै भुटान २०२३ र बंगलादेश सन् २०२४ मा स्तरोन्नति हुने तयारीमा थिए । नेपालले भने सन् २०२२ मा स्तरोन्नति हुने लक्ष्य राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL