Logo

कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्र आज शिलान्यास हुने, प्रधानमन्त्री ओली शिलान्यासका लागि कञ्चनपुर जाँदैं

कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्र आज शिलान्यास हुने, प्रधानमन्त्री ओली शिलान्यासका लागि कञ्चनपुर जाँदैं



काठमाडौं । ​कञ्चनपुरको बेदकोट नगरपालिका–२मा आज देजीजी छेला औद्योगिक क्षेत्र शिलान्यास हुने भएको छ । सो कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर जाँदैछन्‌ । प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ ।

laxmi

पूर्वपश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌ ।

नेकपाका केन्द्रीय सदस्य कृपाराम रानाका अनुसार धनगढीबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL