Logo

लकडाउन हटेपनि बिमानस्थलमा उडान चाप बढेन, चैत १५ देखि विमानस्थल १८ घण्टामात्र खुल्ने

लकडाउन हटेपनि बिमानस्थलमा उडान चाप बढेन, चैत १५ देखि विमानस्थल १८ घण्टामात्र खुल्ने



काठमाडौं । आगामी चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्र खुल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको समय २१ बाट घटाएर १८ घण्टामा सीमित पार्ने निर्णय गरेको हो ।

लकडाउनपछि खुलेको विमानस्थलमा उडान संख्या धेरै नभएको तथा दिउँसोकै समयमा पनि खाली भएकाले अतिरिक्त समय सञ्चालन गरेर लागत नबढाउने प्राधिकरणको निष्कर्ष छ ।

केही उडानका लागि विमानस्थल सञ्चालनको धेरै लागत बढाउनु उपयुक्त नभएकाले दिनमा १८ घण्टामात्र सञ्चालन गर्ने निर्णय गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए

२०७५ साल जेठदेखि प्राधिकरणले विमानस्थल सञ्चालन समय बढाएर २१ घण्टा बनाएको थियो । नयाँ व्यवस्था लागू भएसँगै विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्ममात्र खुला हुने छ ।

यो निर्णयपछि राति १२ बजेपछि उडान गर्दै आएका नेपाल एयरलाइन्स, जजिरा एयरवेज, एयर अरेबिया र कतार एयरवेजलाई उडान तालिका व्यवस्थापन गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL