Logo

प्रम भन्छन् पुनःनिर्माण प्राधिकरण विधेयकमा सहकार्य गरौं, आवासको व्यवस्था गरिहाल्नुपर्ने

प्रम भन्छन् पुनःनिर्माण प्राधिकरण विधेयकमा सहकार्य गरौं, आवासको व्यवस्था गरिहाल्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयकलगायतका विषयमा आफू सहकार्य गर्न तयार रहेको प्रस्ताव राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससमक्ष यस्ते प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले जाडो मौसम लागिसकेका अवस्थामा भूकम्पपीडितको आवासलगायत पुनःनिर्माणका कामलाई प्राथमिकता दिन संसद्मा विचाराधीन विधेयकमा सहमति गरी प्राधिकरण गठनमा सहकार्य गर्न प्रस्ताव गरेका थिए ।

सो विधेयक अघिल्लो सरकारको पालामा संसद्मा पेस भएको थियो ।

प्रधानमन्त्रीको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेताहरुले आफ्ना दलमा आन्तरिक छलफल गरेर जवाफ दिने जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL