Logo

प्राधिकरणले भन्यो, तिहारका बढी बिजुली खपत नगर्नु, यसपटक बढी लोडसेडिङ हुने

प्राधिकरणले भन्यो, तिहारका बढी बिजुली खपत नगर्नु, यसपटक बढी लोडसेडिङ हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारको बेलामा बढी बिजुली खपत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विशेषगरी कात्तिक २५ गतेदेखि २७ गतेसम्म ३ दिन बढी विजुली खपत नगर्न आग्रह गरेको हो । सो दिन साँझ ५ बजेदेखि राती १० बजेसम्म बढी बिजुली प्रयोग नगर्न समेत आग्रह गरेको छ  ।

tihar-lights

उक्त समयमा राइस कुकर, हिटर, उत्सव बत्ती, आइरन एसीजस्ता बढी विद्युत खपत गर्ने उपकरणहरु प्रयोग नगर्न आग्रह गरेको छ । बढी बिजुली खपत गर्दा ट्रान्सफर्मर जल्ने, फिडर लाइनमा बढी लोड भई ट्रिप हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुन समेत आग्रह गरेको छ । जसले गर्दा सव स्टेशन प्रणालीमा समेत समस्या उत्पन्न हुने प्राधिकरले जानकारी दिएको छ ।

भुकम्पका कारण निजी क्षेत्रबाट उत्पादित ९० मेगावाट विजुली केन्द्रीय विद्युत प्रणालीमा नआएको हुँदा यस पटक बढी समस्या परेको समेत प्राधिकरणद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL