Logo

मेरो नेतृत्वमा अस्तव्यस्त अर्थतन्त्र सम्हालियो, आगामी वर्ष १० प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुन्छ : प्रधानमन्त्री ओली

मेरो नेतृत्वमा अस्तव्यस्त अर्थतन्त्र सम्हालियो, आगामी वर्ष १० प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षको उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार पुननिर्मित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट आफ्नो ३ वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै आफू प्रधानमन्त्री भएपछि देशको अर्थतन्त्रमा उल्लेख्य सुधार आएको प्रधानमन्त्रीले दाबी गरे ।

आफु प्रधानमन्त्री हुँदा देशको अर्थतन्त्र अस्तव्यस्त रहेको बताउँदै आफु प्रधानमन्त्री भएपछि देशको अर्थतन्त्र वृद्धि भइरहेको प्रधानमन्त्रीले बताए । ‘स्थानीय, प्रदेश र संघीय सरकारको अर्थतन्त्रमा वृद्धि भएको बताए। ‘हाम्रो आर्थिक वृद्धिदरमा केही कोरोनाले रोक्यो। अहिले हामी पहिलेकै अवस्थामा फर्किने अवस्थामा पुगिसकेको छ’ उनले भने, ‘नेपाल आर्थिक वृद्धिसँग गरिबीको रेखामुनि संख्यामा सुधार आएको छ।’ उनले बताए ।

आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो वर्ष ७ प्रतिशत र दोस्रो वर्ष त्योभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भएको उनले बताए । ‘बेलायती पत्रिका दि इकोनोमिस्टले १० उदियमान अर्थतन्त्रको रुपमा नेपाललाई प्रस्तुत गर्‍यो,’ उनले भने, ‘तर कोभिड–१९ आइलाग्यो।’ उनले कोभिड–१९ को महामारी नियन्त्रणमा आएसँगै नेपालको अर्थतन्त्र अब फेरि पुरानै लयमा फर्किन लागेको बताए।

प्रधानमन्त्रीले बैकिङ क्षेत्रमा पनि उल्लेख्य सुधार भएको बताउँदै आगामी वर्ष १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल दाबी गरे । उनले संसारले नै नसोचेको कोभिड–१९ संकट आइपरेका कारण बिभिन्न मुलुकको आर्थिक गतिबिधि संकटमा पर्दा पनि नेपाल सरकारको सुझवुझ र नीतिगत स्पष्टताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा नपरेको दाबी ग रे।

‘पुनः उच्च आर्थिक वृद्धिको बाटो समाउने गरी अर्थतन्त्र चलायमान भएको छ, आगामी वर्ष १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने वातावरण बनेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
MBL