Logo

मुलुकको समग्र आर्थिक परिदृष्य निराशाजनक : कर राजश्वमा संकुचन, चालू खर्च बढ्दा पूँजीगत खर्च कम

मुलुकको समग्र आर्थिक परिदृष्य निराशाजनक : कर राजश्वमा संकुचन, चालू खर्च बढ्दा पूँजीगत खर्च कम



काठमाडौं । मुलुकको समग्र आर्थिक परिदृष्य निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले प्रकाशन गरेको चालू आावको मंसिर महिनासम्मको मुलुकको वर्तमान आर्थिक परिदृश्यमा उल्लेख भए अनुसार संघीय सरकारको चालू खर्चमा बृद्धि भएको देखिएको छ भने पूँजीगत खर्च भने घटेको छ । यस्तै चालु आर्थिक वर्षको मङ्सिरसम्म संघीय सरकारले प्राप्त गर्ने कर राजस्वमा संकुचन आएको छ । कर राजश्वमा ०.९८ प्रतिशतले संकुचन आएको हो ।

चालु आर्थिक वर्षको मङ्सिरसम्म संघीय सरकारको राजस्व (बाँडफाँड अघिको रोयल्टीसहित) गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले संकुचन भई रू २ खर्ब ६१ अर्ब ९४ करोड़ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व र,२ खर्ब ६७ अर्ब ८१ करोड़ रहेको थियो।

चालु आर्थिक वर्षको मङ्सिरसम्म संघीय सरकारले प्राप्त गर्ने कर राजस्व ०.९८ प्रतिशतले संकुचन भई रू २ खर्ब ४१ अर्ब २३ करोड़ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व रू खर्ब ४७ अर्ब ६६ करोड रहेको थियो । यस अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँड भएर जाने कर राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.० प्रतिशतले संकुचन भई रू ३९ अर्व ३५, करोड़ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व रु ४१ अर्थ १ करोड़ रहेको छ ।

संघीय सरकारी खर्च

आर्थिक वर्ष २०७७–७८ को मंसिरसम्म संघीय सरकारको कुल खर्च रू ३ खर्ब २८ अर्ब ४६ करोड़ पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिमा भएको खर्च रू २ खर्ब ९८ अर्ब ७० करोडको तुलनामा ९.९ प्रतिशतले बढी हो ।

कुल खर्चमध्ये चालु खर्च रू २ खर्ब ८० अर्ब ७४ करोड़, पूँजीगत खर्च रू ३५ अर्थ ९४ करोड़ र वित्तीय व्यवस्थातर्फ रू ११ अर्ब ७७ करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च १३.७ प्रतिशतले बढेको छ भने पूँजीगत र वित्तीय व्यवस्थातर्फको खर्च क्रमशः ४.४ प्रतिशत र १७.१ प्रतिशतले घटेको छ। कोभिड–१९ संकमणको जोखिमका कारण विकास निर्माणका कार्यहरू सञ्चालनमा कठिनाई भएको कारण पूँजीगत खर्चमा अपेक्षित सुधार हुन सकेको छैन।

चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म कुल विनियोजित बजेटको २२.२७ प्रतिशत खर्च भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल खर्च १९.४९ प्रतिशत भएको थियो। यस अवधिमा चालु खर्चतर्फ विनियोजित बजेटको २९.८५ प्रतिशत, पुँजीगत खर्च १०.१८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६.८१ प्रतिशत खर्च भएको छ। गत आर्थिक वर्ष चालु पूँजीगत र वित्तीय व्यवस्थातर्फ क्रमशः २५.८० प्रतिशत, ९.२२ प्रतिशत र ८.४४ प्रतिशत रकम खर्च भएको थियो।

यस्तै आर्थिक वर्ष २०७७–७८ को मङ्सिरसम्म संघीय सरकारको कुल राजस्व खर्च ३ खर्व १ अर्ब २९ करोड़ रहेको छ । यो राजस्व गत आर्थिक वर्षको सोही अवधिको राजस्वको तुलनामा २.४ प्रतिशतले कम हो । कुल राजस्वमा कर राजस्व रु २ खर्च ८४ अर्ब ४९ करोड़ र गैरकर राजस्व रू १६ अर्ब ७० करोड रहेको छ। यस अवधिमा कुल राजस्व र अन्य प्राप्तिसहित कुल प्राप्ति रू ३ वर्ष २६ अर्ब ८२ करोड़ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL