GBIME

स्वस्थ रहन उमेरअनुसार मानिसले के-के गर्नुपर्छ ? यस्तो छ डब्लुएचओको निर्देशिका


बिजखबर संवाददाता
16 January, 2021 10:27 am

health

काठमाडौं । तपाईँ यो लेख आफ्नो सोफामा बसेर पढ्दै हुनुहुन्छ भने विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको निर्देशिका अनुसार तपाइँको बस्ने अवस्थामा परिवर्तन गर्नुपर्ने हुनसक्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचआ) ले ब्यायाम हाम्रो मानसिक र शारिरिक स्वास्थ्यका लागि राम्रो हुन्छ भनिरहँदा यो एक बर्षको प्राय समय घरमै बसेर वित्यो ।

NLIC
LAXMI

डब्लुएचओका अनुसार यदि विश्वभरका मानिसहरु अल्छी नगरी शारिरिक रुपमा तन्दुरुस्त रहन प्रयास गर्ने हो भने बार्षिक ५० लाख जनाको मृत्यु घट्न सक्छ । हाल २७ दशमलव ५ प्रतिशत बयस्क र ८१ प्रतिशत किशोरकिशोरीहरु डब्लुएचओले सन २०१० मा जारी गरेको निर्देशिकालाई पुरा गर्दैनन् । पछिल्लो दशक शारिरिक व्यायाममा तीव्र गिरावट आईरहेको छ ।

प्राय देशहरुमा हाल पुरुष तथा केटा मान्छेभन्दा महिला तथा केटीहरु बढी अल्छी भएको पाईएको छ । तर आर्थिक वर्गीकरण र स्थान अनुसार भने यो तुलनामा केही तलमाथि हुनसक्छ । मानिस स्वस्थ रहन डब्लुएचओले जारी गरेको निर्देशिका अनुसार निम्न नियम पालना गर्नुपर्ने आवश्यक देखिन्छ ।

बालबच्चा, ५ देखि १७ बर्षका उमेर सूुहका लागि

डब्लुएचओको हालैको निर्देशिकाअनुसार ५ देखि १७ बर्ष उमेर समूहको बालबालिकाले कम्तिमा प्रतिदिन १ घण्टा शारिरिक व्यायाम गर्नैपर्छ । शरिरको मांशपेसी र हड्डीलाई कडापन दिन उक्त व्यायामको आवश्यकता रहेको डब्लुएचओको निर्देशिकामा उल्लेख छ । यसका कारण मानिसको शरिरमा मुटुसम्बन्धी रोग, हाडसम्बन्धी रोगहरुलगायत निर्मुल हुने गर्दछन् । यस्तै मानसिक स्वास्थ्यमा पनि यसले ठुलो सकारात्मक असर पार्ने गरेको छ ।

१८ देखि ६४ बर्ष उमेर समूहका लागि

यो उमेर समूहका मानिसहरुले भने प्रतिहप्ता कम्तिमा पनि ३ देखि ५ घण्टा शारिरिक व्यायाम गर्नुपर्दछ । यस्तै ७५ देखि १५० मिनेट भने विभिन्न एरोबीक क्रियाकलापहरु जस्तै नाच्ने, कम्मर मर्काउने, योग गर्नेलगायतका कामहरु गर्नुपर्दछ । शरिरका मांशपेसी र हाडजोर्नीलाई मजबुत तुल्याउन हप्ताको २ वा त्यसभन्दा बढी दिन यस्ता क्रियाकलाप गर्न सकिने डब्लुएचओको निर्देशिकामा उल्लेख छ ।

यस्तो उमेरसमहुका मानिसमा बसिरहने वा व्यायाम नगर्ने बानी परेको अवस्थामा मुटुसम्बन्धी रोग, डायाविटिजलगायत रोगका साथै चाँडै मृत्यु हुने सम्भावनासमेत रहन्छ । यस्तै ६५ बर्षमाथि उमेरसमुहकाले पनि यही क्रियाकलापलाई अंगाल्न सकिने निर्देशिकामा उल्लेख छ ।

गर्भवती र सुत्केरी महिलाका लागि

गर्भवती अवस्थामा होस या सुत्केरी अवस्थाको शारिरिक तन्दुरुस्तीले आमाको र बच्चाको स्वास्थ्यमा विशेष भूमिका निर्वाह गर्ने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार सुत्केरी वा गर्भवती महिलाले हप्तामा कम्तिमा ३ घण्टा शारिरिक व्यायाम गर्नैपर्दछ । जसमा सामान्य तरिकाले मांशपेसीहरु चलाउने, तन्काउनेलगायतका कार्यहरु पर्दछन् ।

यसले महिलाहरुमा गर्भवती अवस्थामा होस या त्यसपछिका समयका लागि ठूलो फाईदा पुर्याउँदछ । जसमा गर्भवती अवस्थामा हुने मधुमेह, उच्च रक्तचापलगायतका समस्यामा कमी ल्याउने गर्दछ । यस्तै प्रसव समयमा आउने हरेक जटिलताहरुलाई पनि शारिरीक व्यायामले कमी ल्याउने काम गर्दछ । अनुवादित सामग्री

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL