Logo

अनुदानको तेल निजी सवारीले नपाउने, सरकारी र आपतकालिन सवारी प्राथमिकतामा

अनुदानको तेल निजी सवारीले नपाउने, सरकारी र आपतकालिन सवारी प्राथमिकतामा


बिजखबर संवाददाता
0
Shares

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने पेट्रोलमध्ये पहिलो चरणमा १ लाख ४४ हजार लिटर शनिबार काठमाडौं आइपुग्ने भएको छ । सो अनुदानको निजी सवारी साधनलाई नदिने बताइएको छ ।

अनुदानको तेल तेल सरकारी सवारी तथा आपतकालीन सेवालाई मात्र दिन लागिएको हो । व्यावसायिक रुपमा ल्याउन थालेपछि मात्र निजी सवारीसाधनलाई उपलब्ध गराइने निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए ।

चीनले पहिलो खेपमा सय टन (१ लाख ४४ हजार लिटर) पेट्रोल नेपाललाई हस्तान्तरण गर्नेछ ।

पहिलो चरणको तेल नेपाल भित्रिएपछि केरुङ–रसुवागढी बाटोको अवस्था हेरेर थप पठाउने चीनले जानकारी दिएको छ । चीनले नेपाललाई हजार टन (१३ लाख लिटर) पेट्रोल अनुदानमा दिने सहमति गरिसकेको छ ।

चीनबाट आउने १३ लाख लिटर पेट्रोलले मागको २० प्रतिशतमात्र धान्ने देखिन्छ । हाल काठमाडौं उपतयकामामात्र ३५ लाख लिटर पेट्रोल आवश्यक छ । चीनबाट पेट्रोलियम ल्याउन नेपाली ट्याङ्कर चीन प्रस्थान गरिसकेका छन् । नेपाल आयल निगमले एक कार्यक्रमबीच चीनले अनुदानमा दिन लागेको तेल ल्याउन १२ वटा ट्याङ्कर केरुङतर्फ पठाएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL