Logo

५ महिनामा भित्रियो ४१६ अर्ब रेमिटान्स, शोधनान्तर बचत १०६ अर्ब माथि

५ महिनामा भित्रियो ४१६ अर्ब रेमिटान्स, शोधनान्तर बचत १०६ अर्ब माथि



काठमाडौं । कोरोनाका कारण विश्व अर्थतन्त्रमै असर पुर्याइरहेको समयमा नेपाल भत्रने रेमिटान्समा भने वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बषर्ए २०७७÷७८ को पहिलो ५ महिनाको तथ्याङ्क अनुसार रेमिटान्स आप्रबाह १०.९ प्रतिशतले बढ्दै ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ भित्रिएको छ । तर अघिल्लो बर्षको सोही अबधिमा रेमिटान्स आप्रबाह ०.२ प्रतिशतले घटेको थियो ।

पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेपनि नेपालमा बैधानिक प्रणालीबाट रेमिटान्स भित्र्ने क्रम बढेसँगै वृद्धिदर बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । साथै कोरोना पश्चात वैदेशिक रोजगारीमा जाने कामदारले टिभी, घडी, सुनजस्ता जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि रेमिटान्स भित्र्ने क्रम बढेको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

यसैगरी शोधनान्तर स्थितिमा समेत सुधार आएको छ । चालू आबको पहिलो ५ महिनामा देशको शोधनान्तर स्थिती १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL