Logo

नेपाल चेम्वर अफ कमर्स र फेडरेसन अफ इजराइल चेम्वर अफ कमर्सबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल चेम्वर अफ कमर्स र फेडरेसन अफ इजराइल चेम्वर अफ कमर्सबीच समझदारी पत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । इजराइल स्थित नेपाल का राजदूत डा.अन्जान शाक्य तथा नेपाल स्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको समुपस्थितिमा आयोजित भर्चुअल मीटिङमार्फत समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष श्री अमिर सानीले हस्ताक्षर गरेका हुन्

उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले यस समझदारी पत्रबाट दुवै मुलुकका व्यावसायीक निकायवीच व्यापारिक सम्बन्ध कायम हुने विश्वास व्यतm गरे । यसबाट नेपाल र इजराइल वीच आर्थिक सम्वन्ध सुदृढ हुने उनले बताए । नेपाल र इजराइल वीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्था वीच भएको समझदारी हामी सवैको लागि महत्व रहेको बताए ।

इजराइलका लागि नेपालका राजदूत डा.अन्जान शाक्यले नेपाल र इजराइलका निजी क्षेत्रबीच सम्वन्ध बिस्तारका लागि दुवै चेम्वरको सोझै सम्पर्क कायम राख्न यस समझदारी पत्र भएको उल्लेख गरे । साथै इजराइलमा नेपालमा उत्पादित चियाको बजार क्रमशः बिस्तार हुंदै गएकोले नेपाली उत्पादनकालागि इजराइल राम्रो गन्तव्य हुने धारणा व्यक्त गरे । नेपालका लागि इजराइलका राजदूत हनान गोडर गोल्ड वर्गरले नेपाल पर्यटकीय संभावना भएको मुलुक भएको उल्लेख गर्नु हुंदै साहसिक पर्यटनको निमित्त इजराइली पर्यटकको लागि उपयुक्त गन्तव्य भएको बताउनु भयो । इजराइल(नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष अनात वर्नस्टीन राइसले यस समझदारी पत्रद्धारा नेपाल इजराइल नेपाल वीच आर्थिक सम्वन्ध वढाउन उपयुक्त मंच प्राप्त भएको र कोभिड पश्चात नेपाल र इजराइल वीच व्यवसायीक प्रतिनिधिमण्डलको आदान प्रदान हुने आशा व्यक्त गरे । फेडरेसन अफ इजराइल चेम्वर अफ कमर्सका उपाध्यक्ष अमीर शानीले दुइ मुलुक वीचको आर्थिक सम्वन्धको क्रममा प्रस्तुत समझदारीपत्र कोशेढुंगा भएको र यस बाट निजी क्षेत्र वीच सम्वन्ध बिस्तार हुन गइ दुवै राष्ट्रलाई फाइदा हुने कुरा उल्लेख गरे ।

नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बिश्वको सवै भन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहेको र बिश्वको सवै भन्दा होचो मृत सागर इजराइल समीप भएको कुरा उल्लेख गर्दै दुवै मुलुकमा प्रचुरमात्रा पर्यटकीय गन्तव्य स्थल रहेको उल्लेख गरे । इजराइलले सूचना तथा प्रबिधिको क्षेत्रमा गरेको प्रगति, कृषिमा भएको यान्त्रीकरणबाट नेपालले फाइदा लिन सक्ने बताए । नेपाल जलश्रोतको अपार भण्डार भएको मुलुक भएकोेले हाइड्रे पावर क्षेत्रमा लगानीको लागि समेत आव्हान गरे ।

हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ७० वटा बिभिन्न अन्तर्रा्ष्ट्रिय चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । आज संम्पन्न समझदारी पत्रमा इजराइल चेम्बर अफ कमर्ससंगको सम्बन्ध मार्फत इजराइलबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकहरुसम्म बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसंग सम्बन्धित साझा स्वार्थहरुको प्रबर्दन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदान व्यवसायीक सूचना आदान प्रदान गर्ने लगायतका बुंदाहरु समाबेश छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL