Logo

भारतले हटायो प्याजमा निकासीमाथिको प्रतिबन्ध, अब प्याज सस्तो हुने

भारतले हटायो प्याजमा निकासीमाथिको प्रतिबन्ध, अब प्याज सस्तो हुने



काठमाडौं । भारतले ३ महिनापछि प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। भारतले भदौ २९ गते आन्तरिक बजारमा प्याजको माग बढेको र मूल्य आकाशिएको भन्दै निकासीमा प्रतिबन्ध लगाएको थियो।

laxmi

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले पुस १७ गते शुक्रबार (जनवरी १, २०२१) बाट लागू हुने गरी प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

मन्त्रालयको सूचना अनुसार सबै किसिमका प्याजको निकासीमा यसअघि लगाइएका प्रतिबन्ध हटाइएका छन्। नेपालमा सबैभन्दा धेरै भारतीय प्याज आयात हुने गरेको छ।

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ५० रूपैयाँभन्दा धेरै पुगेको थियो। भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाएसँगै अब प्याज सस्तो हुने व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL