Logo

शिलान्यास भएको १४ महिनापछि नागढुंगा सुरुङमार्ग खन्ने कार्य आजदेखि सुरु, २२ अर्ब खर्च हुने अनुमान

शिलान्यास भएको १४ महिनापछि नागढुंगा सुरुङमार्ग खन्ने कार्य आजदेखि सुरु, २२ अर्ब खर्च हुने अनुमान



काठमाडौं ।  शिलान्यास भएको १४ महिनापछि सिस्नेखोला-दहचोक (नागढुंगा) सुरुङमार्ग खन्ने काम सुरु भएको छ । सडक विभागका अनुसार मंगलबार विहानबाट सुरुङमार्ग खन्न सुरु गरिएको हो ।

laxmi

आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यका अनुसार मेसिनको प्रयोग गरेर सुरुङ खन्न थालिएको छ । २०७६ कात्तिक ४ सुरुङमार्गको दहचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

२.६६८ किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना छ । तर, ४२ मध्ये १४ महिना बितिसक्दा पनि सुरुङ खन्न सुरु भएको छैन ।

सुरुङ खन्ने काम वैशाख २०७७ बाट सुरु गर्ने योजना थियो । तर विभिन्न कारण देखाउदै काम अझ सम्म पनि सुरु हुन सकेको थिएन । 

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL