Logo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई सिफारिस, ४५ दिनभित्र प्रमुख आयुक्त बन्न बाटो खुल्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई सिफारिस, ४५ दिनभित्र प्रमुख आयुक्त बन्न बाटो खुल्यो



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव प्रेम राई सिफारिस भएका छन् । संवैधानिक परिषद्ले राईलाई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरेको पत्र सुनुवाईका लागि संसद सचिवालयमा पठाएको छ ।

laxmi

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको प्रस्ताव स्वीकृत गर्नुअघि नै उक्त पत्र सचिवालयमा पठाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति भण्डारी समक्ष लगेका थिए ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गते बसेको परिषदको बैठकले पूर्वसचिव राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभा विघटन भइसकेपछि अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका राईको सुनुवाई पनि नहुने भएको छ । अब राईलाई ४५ दिनभित्र अख्तियारको प्रमुख आयुक्त बन्ने बाटो खुलेको हो । राई प्रधानमन्त्री अ‍ोली निकट मानिन्छन् । संवैधानिक परिषद्ले राष्ट्रपतिसमक्ष जानकारी गराएपछि राष्ट्रपतिबाट प्रमुख आयुक्त नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

यसअघि संसदीय सुनुवाई विशेष समितिबाट उनको नाम अनुमोदन भएमा समितिले त्यसको जानकारी संवैधानिक परिषद्लाई गराउने थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL