Logo

श्रीराम सुगर मिल्सले आजदेखि उखु किसानलाई भुक्तानी दिने, २५ करोड ९० लाख भुक्तानी गर्न बाँकी

श्रीराम सुगर मिल्सले आजदेखि उखु किसानलाई भुक्तानी दिने, २५ करोड ९० लाख भुक्तानी गर्न बाँकी



काठमाडौं । उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले आजदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ ।

laxmi

सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।

सो मिल्सले आज जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये रु २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।

सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL