Logo

सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गरिदैं, उचाई परिवर्तन हुने अनुमान

सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गरिदैं, उचाई परिवर्तन हुने अनुमान



काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिदैं छ । नेपाल र चीनले गरेको मापनबाट आएको नयाँ उचार्इलाई संयुक्त रूपमा एकैपटक सार्वजनिक गर्ने कार्यक्रम तय भएको नापी विभागले तयारी गरेको छ ।

laxmi

सगरमाथाको नयाँ उचाई संसारलाई एकैपटक जानकारी दिन भर्चुअल रूपमा कार्यक्रम गरिने तयारी भइरहेको छ । हाल कायम ८८४८ मिटरको सगरमाथाको उचाईमा विस २०७२ को भूकम्प र समुद्री सतहमा भएको फेरबदलका कारण परिवर्तन आएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिलेको सगरमाथाको उचाई यसअघि सन् १९५४ मा सर्वे अफ इण्डियाले गरेको मापनलाई मान्यता दिइँदै आइएको छ । सगरमाथाको उचाई आफैंले मापन गर्न नेपाल सरकारले नै २०७५र७६ देखि शुरुवात गरेको थियो ।

सरकारले यसका लागि सरकारी टोलीले विभिन्न विधिबाट सगरमाथाको चुचुरोमा नै पुगेर उचाई मापन गरेका हुन् । आजको सगरमाथाको उचाई सार्वजनिक गर्ने कार्यक्रम पौने २ बजेदेखि शुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL