Logo

स्थिर ब्यादरको समयसिमा तोकियो, कोभिड प्रभावित ऋणीको धितो लिलाम गर्न नपाईने (मौद्रिक नीतिको त्रैमासिक समिक्षाको पूर्ण पाठ सहित)

स्थिर ब्यादरको समयसिमा तोकियो, कोभिड प्रभावित ऋणीको धितो लिलाम गर्न नपाईने (मौद्रिक नीतिको त्रैमासिक समिक्षाको पूर्ण पाठ सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरको समय सीमा तोकेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामार्फत स्थिर ब्याजदरको समयसिमा तोकेको हो । यसअघि बैंकले निर्देशनमार्फत व्यक्तिगत आवधिक कर्जाको स्थिर ब्याजदर राख्नुपर्ने व्यवस्था गरेपनि त्रैमासिक समिक्षामार्फत समयसिमा नै निर्धारण गर्न सकिने व्यवस्था गरेको हो ।

जस अनुसार बैंकहरुले परिचालन गर्ने स्रोतका आधारमा अब स्थिर ब्याजको समय अवधि तोकिने छ । अहिलेसम्म नेपालमा बढिमा १० बर्षसम्मको ऋणपत्र जारी भएका छन । निक्षेप पनि बढिमा ४÷ ५ बर्षको मात्र छ । मौद्रिक नीतिले स्पष्ट रुपमा बर्ष निर्धारण नगरेपनि बैंकहरुले स्रोतको अधिकतमसीमामा रहर बढिमा १० बर्षसम्मको स्थिर ब्याजदर तोक्न सक्नेछन् ।

यसैगरी राष्ट्र बैंकले कोभिडले असर परेका ऋणीहरुको धितो लिलाम गर्न नमिल्ने व्यवस्था गरेको छ । विशेषगरी ६ महिनाभन्दा बढिको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामीजस्ता प्रकृया केही समयसम्का लागि स्थगन गर्न राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत भनेको छ । जस अनुसार गत जेठसम्म ऋण तिरेका ऋणीहरुको धितो लिलाम हुनेछैन ।

मौद्रिक नीतिको त्रैमाशिक समिक्षाको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
MBL