Logo

कहिले खुल्छ सवारी लाईसेन्स परीक्षा र आवेदन ? विभाग भन्छ-प्रदेश सरकारको जिम्मामा छ, फोन गरेर बुझ्नुस

कहिले खुल्छ सवारी लाईसेन्स परीक्षा र आवेदन ? विभाग भन्छ-प्रदेश सरकारको जिम्मामा छ, फोन गरेर बुझ्नुस



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन र परिक्षाको जिम्मा प्रदेश सरकारलाई दिएको छ । कोभिड–१९ का कारण गत चैत महिनादेखि बन्द रहेको सवारीचालक अनुमतिपत्रको परिक्षा र अनलाईन आवेदन अब प्रदेश सरकारको निर्णयअनुसार खुल्ने विभागले जानकारी दिएको छ ।

laxmi

विभागले बुधबार एक सूचना जारी गर्दै अब सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयको मागअनुसार यसको निर्णय हुने जानकारी दिएको हो । यातायात व्यवस्था विभागमा यसको बारेमा सर्वसाधारणले धेरै नै प्रश्नहरु फोनमार्फत सोध्ने गरेकाले यसको जिम्मेवारी प्रदेश सरकारकै भएको भन्दै सूचना निकालेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए ।

पछिल्लो समय सवारीचालक लाईसेन्स छाप्ने सफ्टवेयरमात्रै विभागसँग पयपनि आवेदन लिने र परिक्षा लिनेसमेत जिम्मा प्रदेश सरकारकै मातहतमा भएको उनको भनाई छ । तर यसको बारेमा सबै सर्वसाधारणले विभागमा फोन गरेर बुझ्ने गरेकाले अब सर्वसाधारणले पनि प्रदेशको भौतिक मन्त्रालयमा बुझ्ने सजिलो हुनेगरी फोन नम्बरसहित सूचना निकालेको उनले बताए ।

सूचनामा सबै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयको मागअनुसार विभागले यसको आवेदन र परिक्षा खोलिने हुँदा यसको सबै जानकारी प्रदेश सरकारसँगै लिन अनुरोध गरेको छ ।

विभागले सर्वसाधारणले यसको बारेमा जानकारी लिनका लागि सबै प्रदेशका मन्त्रालयका सूचना अधिकारीको सम्पर्क नम्बरहरुसमेत उक्त सूचनामा उल्लेख गरेको छ ।

फोन भने लाग्दैन

विभागले सूचनामा सवारी लाईसेन्सको जानकारी लिन सबै प्रदेशका सूचना अधिकारीको सम्पर्क नम्बर राखेपनि फोन भने लाग्दैन । उक्त नम्बरहरुमा सम्पर्क गर्न खोज्दा कतिपय नम्बरहरु बन्द छन् भने कतिपय त रजिस्टर नै नगरेका सम्पर्क नम्बरहरु सूचनामा राखिएको छ । यसरी विभागले जनताले पाउनुपर्ने सूचना नै नदिने मनसायले यस्ता नम्बरहरुसहितको सूचना निकालेको पाईएको हो ।

तर विभिन्न प्रदेशका भौतिक मन्त्रालयको वेबसाईटका आधारमा उक्त फोन नम्बरहरु राखेको विभागका प्रवक्ता भुसालले बिजखबरलाई जानकारी दिए । उनका अनुसार विभागले सूचना निकाल्दा सेवाग्राहीले सूचना लिउन भनेर नै निकालेको हो । तर प्रदेशका वेबसाईटहरु अपडेट नहुँदा यस्तो समस्या आएको हो ।

‘हामीले गलत तरिकाले बन्द भएका फोन नम्बरहरु राखेका होईनौं,’ उनले भने, ‘यदि गलत रहेछ भने त्यसलाई हामी सुधार गर्नेछौं ।’ सूचनामा उल्लेख गरिएका फोन नम्बरहरुमध्ये प्रदेश २ र सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारीको फोन नम्बर स्विच अफ छ । यस्तै प्रदेश १ का सूचना अधिकारीको फोन नम्बर भने रजिष्टर नै भएको छैन ।

साथै कर्णाली प्रदेशको मन्त्रालयका सूचना अधिकारीको फोन नम्बर भने हालका लाग बन्द गरिएको छ । जुन फोन नम्बर पूर्व सूचना अधिकारीको हो । हाल उनि उक्त मन्त्रालयमा कार्यरत नभई अन्तै सरुवा भईसकेका छन् । यस्तै विभागले सूचनामा उपलब्ध गराएका कतिपय ल्याण्डलाईन फोनहरुमा पनि राम्ररी सम्पर्क नहुने र सम्पर्क भएमा पनि फोन नउठ्ने समस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL