Logo

रोटरीले दियो काभ्रेका भुकम्प पिडितलाई ४० घर, ८ सयलाई पिउने पानी

रोटरीले दियो काभ्रेका भुकम्प पिडितलाई ४० घर, ८ सयलाई पिउने पानी


बिजखबर संवाददाता
0
Shares

रोटरी क्लवले काभ्रेका भुकम्प पिडितलाई ४० वटा घर हस्तान्तरण गरेको छ । रोटरी ई क्लव अफ नेपाल डिष्ट्रक्ट ३२९२ र रोटरी क्लव अफ बुकिट कियरा सनराइज डिष्ट्रक्ट ३३०० मलेशियाले काशिखण्ड नगरपालिकाका स्थानीयलाई ४० वटा घर निर्माण गरिदिएका हुन् ।

यस्तै, क्लवले नगरपालिकाको वडा नम्बर ३ मा रहेको दलसिंगेमा ८ सय घरधुरीका लागि १० वटा फिल्टर प्लाण्ट समेत निर्माण गरेका छन् ।

साथै क्लवले सामुदायिक स्वास्थ्य केन्द्रको भवन र त्यहाँको फुलबारी प्राथमिक विद्यालयका लागि बाँसको टहरो समेत हस्तान्तरण गरेका छन् ।

भुकम्प पिडितका लागि निर्माण गरिएको पुर्वाधार हस्तान्तरण गर्दै रोटरी ई क्लव अफ नेपाल डिष्ट्रक्ट ३२९२ का अध्यक्ष टोनिल महर्जन र रोटरी क्लव अफ बुकिट कियरा सनराइज डिष्ट्रक्ट ३३०० मलेशियाका अध्यक्ष सुसन लिमले आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL