Logo

चेम्बरले प्रमको स्वागत गर्यो, प्रम भन्छन्, ‘ निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिन्छ’

चेम्बरले प्रमको स्वागत गर्यो, प्रम भन्छन्, ‘ निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिन्छ’


बिजखबर संवाददाता
0
Shares

नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डलले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा वलीलाई बधाई तथा शुभकामना दिएको छ ।

अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले वलीलाई उनकै निवासमा भेटेर बधाई दिएको हो । सो अवसरमा क्रममा प्रधानमन्त्री वलीले निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक तथा सहयोगीहरुप्रति आभार प्रकट गरे ।

साथै संविधान जारी भएको तथा राजनैतिक संक्रमण समाप्त भएको अवस्थामा आर्थिक परिवर्तनका लागि केन्द्रित हुने बतँए । त्यस्तै निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने समेत बताए ।

आर्थिक सम्वृद्धिका लागि आफूलाई निजी क्षेत्रको सहयोग र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे । सो अवसरमा चेम्वरका अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री वलीको कार्यकालमा सरकार निजी क्षेत्रबीचको सहकार्य अझ प्रगाढ र दरिलो हुने विश्वास व्यक्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL