Logo

एफएनसीसीआई निर्वाचन अपडेट : बस्तुगततर्फ उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी

एफएनसीसीआई निर्वाचन अपडेट : बस्तुगततर्फ उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को बस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको ५४ औं साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन । उनका प्रतिद्वन्दी उमेशलाल श्रेष्ठ थिए । निर्वाचनमा अन्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL