Logo

नेपालमा कोरोना : शनिबार थप १३८० जनामा पुष्टि, ५१५ सङ्क्रमित निको, १९ जनाको मृत्यु

नेपालमा कोरोना : शनिबार थप १३८० जनामा पुष्टि, ५१५ सङ्क्रमित निको, १९ जनाको मृत्यु



काठमाडौं । नेपालमा शनिबार थप १ हजार ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७२३ पुगेको छ । आज थप ९ हजार ३६८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ११ हजार १८६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५१५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १८ हजार ८३ जना सक्रिय सङ्क्रमित छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ४५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL