Logo

शुक्रबार थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाले गुमाए ज्यान

शुक्रबार थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाले गुमाए ज्यान



काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्। साथै १ हजार ४ सय ३५ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २ लाख २९ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ९ हजार ४ सय ३५ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४ सय ३५ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL