Logo

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला आज नेपाल आउँदै, दुई देशबीच उच्चस्तरीय वार्ता हुने

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला आज नेपाल आउँदै, दुई देशबीच उच्चस्तरीय वार्ता हुने



काठमाडौं ।नेपालको दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले आज काठमाडौँ आउदै छन् ।

laxmi

पराराष्ट्र मन्त्रालयका आनुसार मंसिर ११ र १२ गते (नोभेम्बर २६ र २७) हुने यस भ्रमण नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता रहेको छ ।

भ्रमणको पहिलो दिन विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन् भने सोहि दिन दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुने छ ।

भ्रमणका अवसरमा उनले कोरोना रोकथामसम्बन्धि सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केहि साता अघि भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले गरेको भ्रमण पछि भारतीय उच्चस्तरीय अधिकारीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवाद लगायतमा रहेको विवादक बारेमा यस अघि भारत वार्तामा बस्न आनाकानी गरिरहेका बेला भारतीय पक्षबाट भइरहेका यस किसिमका उच्चस्तरीय भ्रमणले वार्ताको वातावारण बनाउने विश्वास गरिएको छ । तर दुवै सरकारले भ्रमणको स्पष्ट एजेन्डा बारे स्पष्ट गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL