Logo

कोरोनाविरुद्धको खोप आए पनि गरिबले पाउने ग्यारेन्टी छैन्, डब्लुएचओले जाहेर गर्यो खोप वितरणमा विभेद हुनसक्ने चिन्ता

कोरोनाविरुद्धको खोप आए पनि गरिबले पाउने ग्यारेन्टी छैन्, डब्लुएचओले जाहेर गर्यो खोप वितरणमा विभेद हुनसक्ने चिन्ता



काठमाडौं । अमेरिकालगायतका विभिन्न मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेका बेला यसको वितरणमा हुने विभेदलाई लिएर चिन्ता हुन थालेको छ ।

सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोपको सर्वसुलभता र पँहुच पुर्‍याउन चुनौती रहेको सरोकारवालाहरुले औंल्याएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा टेङेडस अधानोम गेब्रेयसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने बताएका हुन् ।

उनले संसारभर प्रभावित रहेका नागरिकलाई सहज रुपमा कोरोनाविरुद्धको खोप पुर्‍याउन करोडौं डलरको साझा कोषको आवश्यकता रहेको बताएका छन् । उनले विभिन्न खोपको सफल जारी रहेकाले उक्त खोप वितरणका लागि अहिले नै तयारीमा जुट्न आवश्यक रहेका बताएका हुन् ।

अमेरिकाको अक्सफोर्ड विश्वविद्यालले परीक्षण गरीरहेका विभिन्न खोपहरुको प्रभावकारीता बढी रहेको यसअघि नै सार्वजनिक भइसकेको छ । ती खोपहरुले ९० प्रतिशतसम्म प्रभावकारीता देखाएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् ।

डब्ल्एचओका प्रमुख डा टेड्रोसले भ्याक्सीनको परीक्षणले ल्याउन सकारात्मक नतिजाको प्रतीक्षामा आफू रहेको बताएका छन् । यसअघि कुनै पनि खोपहरु छोटो समयमा विकसित नभएको भन्दै उनले कोरोनाविरुद्धको खोपको प्रभावकारीताका बारेमा अझै अनुसन्धान जारी रहेको बताए ।

डब्लुएचओले यसअघि देखि नै कोरोना महमामारीविरुद्धको लडाइ सामुहिक रुपमा हुनुपर्ने बताउँदै आएको छ । उसले धनी र शक्तिशाली राष्ट्रहरुले गरिब र पीडित नागरिकहरुको उपचारका लागि प्रथमिकता दिनुपर्नेमा जोड दिँदै आएको छ ।

पछिल्लो तथ्यांकअनुसार भारत, युरोपियन युनियन, अमेरिका, क्यानडा र बेलायतले कोरोनाविरुद्धको खोपान बढी चासो देखाएका छन् । यता डब्लुएचओले कोरोना खोपको समान रुपमा वितरण हुनुपर्ने बताउँदै आएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वभर उक्त खोप वितरण थाल्ने डब्लुएचओले जनाएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL