Logo

तिहारपछि आजबाट शेयर बजार खुल्दैं, तिहार अघिको उत्साह कायमै रहला ?

तिहारपछि आजबाट शेयर बजार खुल्दैं, तिहार अघिको उत्साह कायमै रहला ?



काठमाडौं । तिहारका कारण करीब एक साता बन्द रहेको शेयर बजार शेयरबजार आजबाट पुन ः खुल्दै छ । यसअघि कात्तिक २७ गते बिहिबार अन्तिम कारोबार भएको शेयरबजार आजबाट पुन खुल्न लागेको हो ।

laxmi

यस अघिका वर्षहरुको तिहारमा भाईटिकाको भोलिपल्टबाटै बजार खुले पनि यसपाली भने भाईटिकाको भोलिपल्ट पनि सार्वजनीक विदा रहेकाले आजबाट बजार खुल्न लागेको हो ।

तिहार अघिको सातामा नेप्सेमा उत्सहप्रद कारोबार भएको थियो । तिहारअघिको साता नेप्से १७ सय १८ दसमलव ४९ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ३८ दसमलव ८९ अंकमा पुगेर रोकिएको छ ।

नेप्सेमा तिहारअघिको साता एक सय ९८ वटा कम्पनीहरुको दुई लाख १४ हजार दुई सय ३४ पटकको कारोवारमा पाँच करोड ६९ लाख ६९ हजार दुई सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम २० अर्ब २४ करोड ८७ लाख ३४ हजार ३६ रुपैयाँ पुगेको थियो । यो कारोवार रकम अघिल्लो साताको तुलनामा आठ अर्ब रुपैयाँले बढी हो ।

अघिल्लोसाता भने नेप्सेमा एक सय ९९ वटा कम्पनीहरुको कारोवार भएका थिए । जसअनुसार चार करोड ७६ हजार आठ सय २१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १२ अर्ब २२ करोड २७ लाख ८७ हजार तीन सय ४९ रुपैयाँ पुगेको थियो ।

तिहार अघिको साता नेप्सेको नियमित कारोवार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेकोमा सबै दिन नेप्से बढेको थियो । सो मध्ये पहिलो दिन नेप्से १२ दसमलव ४९ अंकले बढेर १६ सय ४८ दसमलव ५८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५७ अंकले बढेर तीन सय २५ दसमलव ९४ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से चार दसमलव २२ अंकले बढेर १६ सय ५२ दसमलव ८० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ६१ अंकले घटेर तीन सय २५ दसमलव ३३ अंकमा झरेको थियो ।

तेस्रो दिन पनि नेप्से २५ दसमलव ९८ अंकले बढेर १६ सय ७८ दसमलव ७९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि पाँच दसमलव छ अंकले बढेर तीन सय ३० दसमलव ३९ अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से २८ दसमलव ८९ अंकले बढेर १७ सय सात दसमलव ६७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि पाँच दसमलव २३ अंकले बढेर तीन सय ३५ दसमलव ६२ अंकमा पुगेको थियो । अन्तिम कारोवार दिन पनि नेप्से १० दसमलव ८२ अंकले बढेर १७ सय १८ दसमलव ४९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दसमलव २७ अंकले उकालो लागेर तीन सय ३८ दसमलव ८९ अंकमा पुगेको थियो ।

तिहारअघि नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम, प्राईम कर्मसियल बैंक आदिको बढी रकम कारोवार भएको थियो भने सेयर कारोवार भएको संख्याको आधारमा पनि यि नै कम्पनीहरुको बर्चश्व रहेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL