Logo

एनसेलको वेबसाईट र पिआरबिटी निशुल्क हेर्न सकिने ,शुक्रबार देखि लागु

एनसेलको वेबसाईट र पिआरबिटी निशुल्क हेर्न सकिने ,शुक्रबार देखि लागु


बिजखबर संवाददाता
0
Shares

मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागी कम्पनीको वेबसाईट तथा ई–केयर पोर्टल ब्राउजीङ्ग निःशुल्क बनाएको छ । यससेवा अन्तर्गत एनसेलका सबै ग्राहकहरुले एनसेलको मुख्य वेबसाईट www.ncell.com.np  ,पिआरबिटी र ई–केयर सेवाका पोर्टलहरु बिना कुनै डेटा शुल्क हेर्न सक्नेछन् ।
यो सेवा असोज २२ गते शुक्रबार बाट देशै भर लागु हुनेछ । एनसेलले यस अघि ग्राहकहरुको अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलाई ध्यानमा राख्दै तथा ज्ञानमा पहुँच बढाउन ट्विटर र विकीपिडिया निःशुल्क उपलब्ध गराउदै आएको छ ।

आफ्ना ग्राहकले विभिन्न सेवा तथा यससँग सम्बन्धित जानकरी बिना शुल्क पाउन् भन्ने यो सेवाको उद्देश्य रहेको छ । सेवा प्रयोग गर्न ग्राहकले कुनै पनि किसिमको सर्भिस एक्टिभेट गर्नु पर्दैन ।

पिआरबिटी धुनको साईटमा गई पिआरबिटी एक्टिभेट गरेमा तथा www.ncellsansar.com.np बाट वालपेपर डाउनलोड गर्दा भने विद्यमान शुल्क लागु हुनेछ । साथै एनसेलका सबै निःशुल्क साईटबाट अन्य कुनै वाह्य लिङ्कमा जाँदा पनि विद्यमान डेटा शुल्क लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL