Logo

शाक्यले पाए विद्युत प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी, कुलमानको स्थानमा कार्यकारी निर्देशक बनाउने तयारी

शाक्यले पाए विद्युत प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी, कुलमानको स्थानमा कार्यकारी निर्देशक बनाउने तयारी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

laxmi

उर्जा मन्त्रालयले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिएको हो।

शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइराला यो जिम्मेवारीबाट हटेका छन् ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार उर्जामन्त्री वर्षामान पुनले शाक्यलाई कार्यकारी निर्देशक बनाउने गरी प्राधिकरणमा फर्काएका हुन्। भदौ २८ गते घिसिङ बाहिरिएसँगै प्राधिकरण नेतृत्व विहीन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL